भद्रपुरले कान्छो हुनुहुँदैन

0
402

भद्रपुर झापाको जेठो नगरपालिका हो । देश संघीतामा रुपान्तरित भएपछि भद्रपुरको भूगोल बढेको पनि छ । तत्कालीन गाविसहरुलाई समेत भद्रपुर नगरपालिकामा समाहित गरेका कारण यहाँको जनसंख्या पनि बढेको छ । यस अर्थमा भद्रपुर नगरपालिका भूगोल, जनसंख्या र प्रशासनिक क्षेत्रका दृष्टिले समेत पुरानो स्वरुपमा छैन । त्यसकारण पनि यहाँको सेवा, सुविधा र स्थानीयबासीले पाउनुपर्ने अवसरहरुमा नगरपालिकाको विशेष भूमिका रहनुपर्दछ । जनताका दैन्दिनीसँग जोडिएका सेवा वा वस्तु उनीहरुको पहुँचसम्म पु¥याउन नगरपालिका त्यसका पदाधिकारी तथा जनप्रतिनिधिहरुले जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ ।

तत्कालको चन्द्रगढी, महेशपुर र पृथ्वीनगर गाविसका केही क्षेत्रलाई जोडेर संरचना गरिएको भद्रपुर भौतिक विकासको इतिहासमा जिल्लाको अग्रणी मानिन्थ्यो । तर, अहिले प्रविधिको उच्च प्रयोग र पहुँच भइसक्दा पनि ऊ जिल्लाकै पछौटे नगरपालिकामा दरिन थालेको त्यहाँ उपलब्ध सेवा, सुविधा र भौतिक अवस्थाले प्रमाणित गरेको छ । सीमा नदीको रुपमा रहेको ‘मेची’ ले भारत र नेपाललाई छुट्याएको छ भने यही नदीले दुई देशको माटो, जीवन र बासिन्दालाई जोडेको पनि छ । धर्न, संस्कार, संस्कृति र बोलीचालीका आधारमा अविभाज्य जस्तै बनाएको छ । सीमा क्षेत्रका बासिन्दा नदीमाथि पक्की पुल बनिएपछि अरु उत्साही भएका थिए । दशकौंदेखिको सपना पूरा भएकोमा खुशी भएका त्यहाँका बासिनदा सडक सहज र अपेक्षित नभएका कारण पीडामुक्त भने हुन पाएका छैनन् ।

यही समय मानव जातिका लागि अत्यावश्यक रहेको दाहसंस्कार कर्मका लागि व्यवस्थित स्थल नहुँदा भद्रपुरबासीले कष्ट भोग्नुपरेको समाचार आएको छ । पछि विकास भएको बिर्तामोडदेखि कन्काईसम्मका र पश्चिममा दमकसम्मका नागरिकले मृत्युसंस्कारको कार्य अर्थात् अन्त्येष्टि कन्काई नदीको किनारमा गर्ने गरेका छन् । त्यहाँ शवयात्रामा सहभागी हुनेहरुलाई सुविधा पुग्ने हिसाबले विश्रामालय, खाजाघर पनि बनाइएका छन् । घाम–पानीबाट ओत लाग्न बनाइएको घाट वरिपरि बिरुवा रोपिएका छन् । त्यसका लागि आवश्यक पर्ने काठ–दाउरा पनि सुलभ छ । यसले परिवारको निधनमा भएको पीडामा थोरै भए पनि सहयोग पुगेको छ, तर जेठो नगर क्षेत्रका बासिन्दालाई यस्तो सेवासुविधा दिने तर्फ न त्यहाँका अगुवाहरुले न त स्थानीय सरकारले चासो र चिन्ता देखाएका छन् ।

सुरक्षित घाट नहुँदा चर्को घाममा मलामीले व्यहोनुपर्ने कष्ट एउटा छ भने अर्को अत्यधिक गर्मीका कारण ज्यान गुमाउनु परेको पीडा पनि छ त्यहाँका बासिन्दालाई । त्यसबाहेक कति मलामीहरु गर्मीकै कारण बेहोस हुने गरेको घटना पनि आँखामै छ भद्रपुरबासीको । संघीय संरचना अनुसार बनेको स्थानीय सरकारले आधा उमेर काटी सक्यो । भद्रपुरकै बासिन्दा सरकारका प्रमुखदेखि वडा प्रतिनिधिसम्म छन् । कति नगरसभा, बैठक सम्पन्न गरिसकेको छ कार्यपालिका भएर । तर, शवदाह गृह तथा त्यसको व्यवस्थापन उनीहरुको प्राथमिकतामा नपर्नु बासिन्दाको दुर्भाग्य नै हुनसक्छ ।

जन्मदिन मृत्युपर्यन्तका चरणहरु मध्येको अत्यन्त बढी संवेदनायुक्त समय नृत्य र मृत्युपछिका संस्कार हुन् । त्यसैले यसलाई सरल, सहज र व्यवस्थित गर्न नगरपालिका जिम्मेवार भएर लाग्नु पर्दछ । पहिले निर्माण थालेको विश्रामालयलाई सम्पन्न गरी स्थायी घाट निर्माण गर्न अग्रसरता देखाउँदै सुविधायुक्त चितास्थलको व्यवस्थापन गर्न नगरपालिका र जनप्रतिनिधिले अघि लाग्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here