मेघामा दशै तिहार बहार, सामान किन्दा उपहारै उपहार

0
494

बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको मेघा कम्प्लेक्सले दशै तिहार बम्पर योजना आजबाट शुरु गरेको छ । मेघा कम्प्लेक्स वहारा दशै तिहार बम्पर उपहार भन्ने मूल नाराका साथ कम्प्लेक्सले प्रथम पुरस्कार स्कुटर सहितका उपहार योजना सञ्चालनमा ल्याएको हो ।

अब मेघा कम्प्लृक्समा कुनै पनि सामानको खरिदमा प्राप्ग गर्ने कुपनले एक भाग्यशाली ग्राहकले स्कूटर लिएर जान्छन् कम्प्लेक्सका अध्यक्ष नारायण कोइरालाले भन्नुभयो – जसका लागि दुई हजार रुपैयाँ माथिको यहाँ सामान खरिद गर्नु पर्ने हुन्छ ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले उद्घाटन गरेको कार्यक्रममा मेघा कम्प्लेक्स व्यवसायी समितिका उपाध्यक्ष दुर्गा थपलियाले स्वागत गर्दै उपहार योजनाको विषयमा जानकारी गराउनु भएको थियो । उहाँले प्रथम पुरस्कार स्कुटर, दितीय पुरस्कार ल्यापटप, तृतीय पुरस्कार फ्रिज, चोथौ मोवाईल,पाँचौ राइसकुकर , छैठौं आइर र सातै पुरस्कार घडी रहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा १ नम्वर प्रदेश उद्योग वाणिज्य महासंघका सदस्य वलराम कार्की, प्रकाश शिवाकोटी, सूर्योदय सहकारी संस्थाका अध्यक्ष खगेन्द्रनाथ ढुङ्गाना, बिर्तामोड उद्योग वाणिज्य संघकी जनसम्पर्क उपाध्यक्ष पार्वता खरेल विमली अग्रज व्यवसायी शारदा थपलिया लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन हरि दियालीले गर्नुभएको थियो ।

चार्य पर्ब नजिकिएसंगै व्यापारी कम्प्लेक्सले यस खाले कार्यक्रमको आयोजना गर्दै आएका छन् । मेघा कम्प्लेक्स भित्र मात्रै झण्डै तीन सय व्यवसायी व्यापार व्यवसाय सञ्चालन गरेर बसेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here