पाँचथरमा नेकपा उपाध्यक्षसहित १५० कांग्रेसमा प्रवेश

४ आश्विन २०७६, शनिबार मा प्रकाशित

पाँचथर।

पाँचथरको मिक्लाजुङ गाउँपालिकाको दसमी बजारमा आयोजित कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियान अन्तर्गत आयोजित सभामा नेकपाका पूर्व गा.वि.स. उपाध्यक्षसहित १५० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

पाँचथरको प्रदेश ख मा आयोजित कार्यक्रममा प्रमुख अतिथि कांग्रेस केन्द्रिय सदस्य तथा अनुशासन समिति संयोजक भिष्मराज आङदेम्बे र विशेष अतिथि जागरण अभियानका केन्द्रीय प्रतिनिधि देउमान थेवेले नवप्रवेशी कार्यकर्तालाई खादा र अविर लगाएर स्वागत गर्दै सदस्यता प्रदान गर्नुभएको थियो ।

रबिन्द्र राइको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अथिति आङदेम्बे , विशेष अतिथि थेबे , नेपाली कांग्रेस पाँचथर सभापती नरेन्द्र केरुङ तुम्बेवा गाउपालिका अध्यक्ष होम थापा , जिल्ला उपसभापति मित्र काफ्ले ,जिल्ला सचिवद्वय बृजहाङ आङदेम्बे रुपनारायण जबेगु जिल्ला कोसाध्यक्ष जयकुमार ढकाल , पुर्ब क्षेत्रीय अध्यक्ष खड्गसुन्दर लावती , महिलानेत्री मैयादेबि श्रेष्ठ लावती , सुनमाया राइ , तरुण दल अध्यक्ष सुमन लामा ,ने बि संघ नेता याम भुजेल , शिक्षक संघ केन्द्रिय सदस्य खड्ग थापा जिल्ला सदस्यहरु डेकेन्द्र तामाङ टङ्क पौडेल , पाचथर काठमाडौ सम्पर्क समिति सभापति निर्मल रिजाललगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रमको सञ्चालन सफल राइले गर्नुभएको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here