समाजसेवी गोयलद्धारा सरस्वती माविलाई एक दर्जन पङ्खा

६ आश्विन २०७६, सोमबार मा प्रकाशित

भद्रपुर ।

शिक्षाप्रेमी तथा समाजसेवी दिनबन्धु गोयलले भद्रपुर २ स्थित सरस्वती माध्यमिक विद्यालयलाई एक दर्जन सिलिङ पङ्खा दिएका छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको समस्यालाई मध्यनजर गरी समाजसेवी  गोयलले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा सरस्वती माविलाई १२ थान सिलिङ पङ्खा प्रदान गरेका हुन् ।

विद्यालयमा सोमबार एक संक्षिप्त कार्यक्रमका बिच समाजसेवी गोयलले प्रदान गरेको सिलिङ पङ्खा व्यापारी सुबोध कोठारीको नेतृत्वमा गएको टोलीले विद्यालयलाई हस्तान्तरण गरेका थिए । समाजसेवी गोयलले यसअघि पनि विद्यालयलाई शैक्षिक सामग्री र विद्यालय पोसाक प्रदान गरेका थिए ।

व्यापारी कोठारीले विद्यालयका प्रधानाध्यापक जयिता राय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार राजभण्डारीलाई उक्त पङ्खा हस्तान्तरण गरेका हुन ।

समितिका अध्यक्ष राजभण्डारीको अध्यक्षता भएको कार्यक्रममा विद्यालयका पिटिए अध्यक्ष नरपति चापागाईँले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य राख्दै प्रधानाध्यापक रायले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि समाजसेवी गोयल यस्तै अरू दाताहरूको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा युवा व्यापारी विनय गोयल, दिलीप बंशल, मनोज श्रेष्ठ लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक प्रेम चाम्लिङ गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here