आन्तरिक सौन्दर्यको खोज गरौं

१४ आश्विन २०७६, मंगलवार मा प्रकाशित

सौन्दर्य प्रशाधनको साधन मानिन्छ कस्मेटिक वस्तुलाई । खासगरी महिलाले आफ्नो सौन्दर्यमा अझ निखार आओस् भनेर यस्ता वस्तुको प्रयोग गर्छन् । यसको प्रयोग सोझै छालामा गरिने र यसबाट आफ्नो उमेर कम भएको ठान्ने कारणले आज नेपाली महिला यस्ता वस्तुको उपयोगमा प्रतिष्पर्धा नै गर्दैछन् । तर, यसको प्रयोगले आफ्नो स्वास्थ्यमा गम्भीर असर परिरहेको तर्फ भने धेरैको ध्यान गएको छैन । पछिल्लो समय यस्ता प्रशाधनका उत्पादनले मानव स्वास्थ्यलाई गम्भीर विरामीको अवस्थामा लाँदै गरेको अध्ययनले देखाएको छ । अध्ययनले भनेको छ– यदि दिनहुँ यसको प्रयोग गरिरहिएको छ भने सचेत रहनु होस्, किनकि तपाईं संकटमा पर्दै हुनुहुन्छ ।

कस्मेटिक वस्तुमा मिलाइएका रसायनहरुले छालालाई मात्र होइन महिलाको सन्तान उत्पादन प्रक्रियामै गम्भीर असर पार्ने विज्ञहरुले बताएका छन् । यस्ता वस्तुमा उपयोग गरिने ‘पैराबेन’ नामक रसायनले महिलामा एष्ट्रोजन हार्मोनको मात्रा बढाउँछ । यो तत्व प्रदुषणले पार्ने असर जत्तिकै भएकाले कस्मेटिकको प्रयोगमा सचेत हुनैपर्छ । प्रशाधन खासगरी कृत्रिम वस्तु भएको र यसको प्रयोग छाला, नङ र कपालको सौन्दर्यका लागि गरिन्छ । यसका साथै शरीरबाट उत्पन्न हुने गन्धलाई रोक्न छाला र शरीरमा समेत प्रशाधनको प्रयोग गर्ने चलन बढ्दै गएको छ। बोलचालको भाषामा ‘मेक–अप’ भनिने यो संस्कृति पश्चिमा देशबाट शुरु भएर भारत हुँदै हामीसम्म आइपुगेको छ ।

अनुहारका साथै सम्पूर्ण शरीरको रुप बदल्नका लागि गरिने मेक–अप संस्कृतिले नराम्रोलाई छोप्ने र नक्कली सौन्दर्य प्रकट गर्ने भएकाले यसले ग्रामीण क्षेत्रसम्म पहुँच स्थापित गरेको छ। सभ्यताको प्रारम्भदेखि नै मानिस आप्mनो शरीरलाई सुन्दर र कान्तिपूर्ण बनाउन प्रयत्नशील छ । तर, बाह्य सौन्दर्यभन्दा आन्तरिक सौन्दर्यले मानिसको पहिचान स्थापित गर्छ । आन्तरिक अर्थात् मानसिक शुद्धिले मानिसलाई सबैको प्यारो बनाउँछ । यही सत्यलाई नबुझेर खासगरी पूर्वेली महिलाहरु बनावटी सौन्दर्यको खोजीमा ‘कस्तुरी’ झैं भौंतारिरहेका छन् । जसले आफ्नो शरीरमा अनेक तथा असाध्य रोगहरुको घर निर्माण गरिरहेको छ । सौन्दर्य प्रशाधन त्यसो त देवताहरुकै पालामा प्रचलित थियो । तर, त्यसबेला प्राकृतिक वस्तुको प्रयोग गरिन्थ्यो भन्ने धार्मिक ग्रन्थहरुले उल्लेख गरेका छन् ।

विश्वव्यापी रुपमा चासो र चिन्ताको विषय बनेको सौन्दर्य प्रशाधनका थुपै्र वस्तुहरु बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । त्यसमा पनि सस्ता वस्तुले शरीरमा पार्ने असर धेरै हुन्छ । चेतनाको स्तर नउक्लिसकेको अवस्थामा गुण–दोषको मूल्यांकन गर्न सकिँदैन । त्यसैले सरकारका तर्फबाट आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल पार्ने यस्ता वस्तुहरुको नियमन गर्नु पर्दछ । यसै सन्दर्भमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागले सौन्दर्य प्रशाधनको मापदण्ड तोकेको छ।

त्यस्ता वस्तुमा हुने मिश्रण, अम्लीय वा क्षारीयपन, सूक्ष्म जीवाणुहरुको उपस्थिति, घातक वस्तुहरु जस्तै लिड, आर्सेनिक, पारो, क्याडमियम जस्ता तत्वको प्रयोगले स्मरण शक्ति, हेर्ने–सुन्ने क्षमता ह«ास हुनुका साथै प्रजनन् प्रणाली, नवजात शिशु, महिला र शिशुको वृद्धि विकासमा बाधा पुग्ने भन्दै मापदण्ड निर्धारण गरिएको छ । यसको नियमित प्रयोगले मिर्गौला, मुटु, फोक्सोमा असर पार्ने, क्यान्सर जस्ता घातक रोगले महामारीको रुप लिन्छ र मस्तिष्कमै हानी पु¥याउँछ । त्यसैले च्याउ सरी खुलेका कस्मेटिक पसल र बेचिने प्रशाधनका वस्तुहरुको गुणस्तर प्रति स्वयम्ले पनि ध्यान दिन जरुरी छ । अन्यथा ‘राम्री’ देखिने लोभमा अमूल्य शरीर कुरुप हुन र अमूल्य जीवन असमय अन्त्य हुन बेर लाग्दैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here