माताले गरिन् आश्रमको बालबालिकालाई सहयोग

0
1117

झापा,

इटहरी घर भएकी माता सविता शर्मा सरु आचार्यले मोरङ र सुनसरीमा भएका विभिन्न आश्रममा रहेका बालबालिकाका लागि सहयोग प्रदान गर्दै आएकी छिन् ।

सामाजिक क्षेत्रमा क्रियाशील रहेकी माता आचार्यले विभिन्न आश्रममा रहेका बालबालिकाका लागि खाद्यान्न, लत्ताकपडा सहयोग गर्दै आएकी हुन् । मोरङको उर्लाबारीमा रहेको नमूना बाल गृहका अनाथ बालबालिकाहरुलाई उनले पछिल्लो समय लत्ताकपडा वितरण गरेकी थिइन् ।

उर्लाबारी नगरपालिकामा रहेको नमूना बाल गृहका ४७ जना बालबालिकालाई माता सविताले लत्ताकपडा वितरण गरेकी हुन् । लत्ताकपडा खरिदका लागि समाजसेबी हेम थापाले पनि नगद १० हजार रुपैयाँ सहयोग गरेको माता सविताले जानकारी दिइन् ।

नमूना बाल गृहका बालबालिकाहरुको अवस्था देखेर धेरै माया लागेको र सानो सहयोग गर्न पाउँदा खुशी लागेको उनले बताइन् । उनले आगामी दिनमा पनि बाल गृहको विकासका लागि आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिन् ।
आफू अलौकिक माता भएको र आफूमा अलौकिक शक्ति रहेको बताउँदै माता सविताले आफूले गरेको भबिष्यवाणी शतप्रतिशत मिल्ने दाबी समेत गरिन् । पछिल्लो समय बाबाजी, अघोरीहरुले बिवाह गरेको प्रसंगलाई जोड्दै माता सविताले आफ्नो विहे गर्ने मनशाय नरहेको बताइन् । यसअघि पनि बाल गृहमा सबिताले खाना खुवाएकी थिइन् ।

त्यस्तै, माता सविताले इटहरी, काठमाडौंलगायत क्षेत्रका बाल गृह, बृद्धाश्रम, अपाङ्गता भएका समूहका व्यक्ति लगायतलाई सहयोग गरिसकेको बताइन् । आचार्यले आश्रममा रहेका बालबालिकाका लागि सहयोग प्रदान गर्दै राजतन्त्र नफर्किएसम्म मुलुकमा शान्ति नआउने बताएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here