ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको रजत जयन्ती

0
1806

भद्रपुर।

हरेक जातजाति, धर्म तथा संस्कृतिको पक्षमा आध्यात्मिक ज्ञान र राजयोगको शिक्षा दिँदै आइरहेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र चन्द्रगढीले रजत जयन्ती महोत्सव मनाउने भएको छ ।

झापाको सदरमुकाममा सेवा केन्द्र स्थापना भएको २५ बर्ष पूरा भएको सन्दर्भमा आज बुधवारदेखि साताव्यापी महोत्सवको आयोजना गर्न लागेको हो ।

सेवा केन्द्रले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै साता व्यापी महोत्सवको कार्यक्रम सार्वजनिक गरेको हो । महोत्सवको उद्घाटन दिउँसो ३ बजे सेवा केन्द्रबाट मोटरसाइकल यात्रा गरी गर्न लागेको सेवा केन्द्र बिर्तामोडका प्रमुख पूर्णिमा दिदीले जानकारी दिइन् । सेवा केन्द्रबाट शुरु गर्ने मोटरसाइकल यात्रा क्याम्पसमोड, अस्पतालचोक, भद्रपुर बजारदेखि झापाचोक, मन्त्रीचोक, लेखनाथचोक, केन्द्रमोड, धनुषमोड हुँदै पुनः सेवा केन्द्रमा आएर टुंगिनेछ । मोटरसाइकल यात्रामा सयभन्दा बढीको सहभागिता हुने जनाइएको छ ।

त्यस्तै महोत्सवको दोस्रो र तेस्रो दिन राजयोग शिविर, तनावमुक्त जीवनशैलीको प्रशिक्षण, चौथो दिन स्वास्थ्य जनचेतना, पाँचौ दिन वृहत् रक्तदान, छैठांै दिन शान्ति पदयात्रा र अन्तिम दिन मेची रंगशाला अगाडिको खुल्ला चौरमा रजत महोत्सवको समापन कार्यक्रम गरिने पूर्णिमा दिदीले जानकारी दिइन् ।

महोत्सव समापनमा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी ब्रम्हकुमारी राज दादीको अध्यक्षतामा विभिन्न कार्यक्रम हुनेछन् । समापन कार्यक्रमको प्रमुख अतिथि अनन्त श्री विभूषित जगतगुरु प्रथम महिला शंकराचार्य स्वामी हेमानन्द गिरी महाराज आउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here