घर जाने बाटो बन्द भएपछि…

0
516

बिर्तामोड,

सडक निर्माणको क्रममा विभिन्न समस्या आउँछ । यस्ता समस्या सहन गर्दै निर्माण कार्यलाई सहयोग पु¥याउनु सबैको कर्तब्य पनि हो । तर, सडक निर्माणको नाममा घर जाने बाटो नै बन्द गरेर महिनौसम्म दुःख दिने कार्य गर्नु कति उचित होला ?

यस्तै भएको छ, निर्माणाधीन बिर्तामोड–भद्रपुर सडक खण्डको निर्माण कार्यको लापर्वाहीले उत्पन्न अवस्था । बिर्तामोड–४ भद्रपुररोडका एक बस्तीका केही परिवारले यस्तै अनौठो र कष्टकर समस्या भोग्न बाध्य भएका छन् ।

भद्रपुररोडको एक किलोमिटर क्षेत्रका केही घरपरिवारको घरजाने बाटो बन्द गरिएपछि उनीहरु त्यस्तो समस्या भोग्न बाध्य भएका हुन् । मुख्य सडकबाट घर जाने भित्रि बाटो नाली खनेर तारजाली समेत गरेर बाटो अवरोध गरेको हो । छ महिनाअघि नाली खनेर छाडेको थियो भने तीन महिनादेखि रड गाडेर एम्बुस जस्तै बनाएर छाडेको पीडित स्थानीय सबिता बस्नेतले भनिन् । उनले सडक निर्माणकर्ताहरुलाई जति भने पनि सुनवाई नभएको गुनासो गरिन् ।

यहाँका सडक उपभोक्ताले भोग्दै आएको समस्या र सास्तीको वर्णन गरी साध्य छैन । त्यसमा पनि घर जाने बाटै थुनिदिएर अन्याय गरेको स्थानीय बताउँछन् । तीन वटा घरका बासिन्दा र डेरावाला यस्तो समस्यामा परेका छन् । निकै कठिनले पैदल घुमेर गए पनि सवारीसाधन लैजानसक्ने अवस्था छैन । मोटरसाइकल दुई–तीन भएर बोकेर मुस्किलले ल्याउनुपर्ने अवस्था रहेको डेरा गरी बस्ने एक शिक्षक बताउँछन् ।

अन्यत्र सबैतिर यस्तो नभए पनि यहाँको समस्या प्रति बेवास्ता गरेर दुःख दिइएको उनले बताए । ठेक्का सम्झौता अनुसार सडक निर्माण कार्यावधि समय सकिन लागेको भए २० प्रतिशतभन्दा बढी काम हुन नसकेको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here