मन्टेसरीका वालवालिका बीच राइम्स

१ मंसिर २०७६, आईतवार मा प्रकाशित

झापा।

मन्टेसरी एशोशिएशन अफ झापा (एमएजे) ले जिल्ला भर सञ्चालित मन्टेसरी विद्यालयका विद्यार्थीलाई राइम्समा सहभागी गराएर उनीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि रचनात्मक भूमिका निर्वाह गरेको छ ।

बिर्तामोडस्थित रोयल पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गर्दै ८० जना विद्यार्थी बीचमा राइम्स गगराएको हो । १३ विद्यालयका विद्यार्थी सहभागी रहेको मन्टेसरी एशोशिएशन अफ झापा (एमएजे) का सचिव अमर सुब्बाले जानकारी दिए ।

मन्टेसरी एशोशिएशन अफ झापा (एमएजे) का अध्यक्ष रामकुमार तामाङको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक यशोदा खड्ले स्वागत गरेकी थिइन् ।

कार्यक्रमको औचित्यमाथि प्रकास पार्दै मन्टेसरी एशोशिएशन अफ झापा (एमएजे) का सविच सुब्बाले वालवालिकाको प्रस्तुतिले मनोरञ्जन मात्र नभई वालमैत्री वातावरणको साथै पर्यावरण सरंक्षण, सीप, शिल्पको समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

वालवालिकाबाटै यस खाले कार्यक्रम गर्न सिकाएको खण्डमा विद्यार्थी संस्कारिक र अनुसाशित बन्दै जाने सुब्बाको भनाई छ । कार्यक्रममा मन्टेसरी एशोशिएशन अफ झापा (एमएजे) का सल्लाहकार पूर्णवहादुर हाङ्स्रोङ, अखिल कोइरालाको आतिथ्य रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here