बिजुलीबाट तीन सय घरधुरी लाभान्वित

0
456

सप्तरी,

सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित मोहनपुर टोलमा पहिलोपटक बिजुली बत्ती बलेपछि गाउँले खुशी भएका छन् ।

बिजुली बत्ती बलेपछि लाभान्वित तीन सय घरधुरीमा खुशीयाली छाएको छ । छिन्नमस्ता गाउँपालिकाकी उपाध्यक्ष उषाकुमारी मण्डलले औपचारिक रुपमा ट्रान्सफर्मरको पूजाआजा गरी विधिवत् ‘स्विच अन’ गरेको राष्ट्रिय जनता पार्टी नेपालका क्षेत्रीय सचिव रवीन्द्रकुमार मण्डलले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७४÷७५ मा रु १० लाख तथा २०७५÷७६ मा १५ लाख गरी कूल २५ लाखको लागतमा उक्त वडामा विद्युतीकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here