जङ्गली हात्तीले ३६ घर भत्कायो

१ पुष २०७६, मंगलवार मा प्रकाशित

गाईघाट,

पन्ध्र दिनयता उदयपुरको तराई क्षेत्र बेलका नगरपालिका, चौदण्डी नगरपालिका र त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न वडामा जङ्गली हात्तीले ३६ घर भत्काएको छ ।

पन्ध्र दिनयता निरन्तररूपमा बेलकाका आम्बासी तथा भागलपुर क्षेत्रमा जङ्गली हात्तीले दश घर भत्काएको र स्थानीयवासीको झण्डै पचासौँ मुरी धानसहितका अन्नसमेत खाइदिएको आम्बासीका दुर्गाप्रसाद खनालले बताउनुभयो ।

यस्तै चौदण्डीको हँडिया र सुन्दरपुर क्षेत्रमा जङ्गली हात्तीले सात घर भत्काएको छ भने २५ मुरीभन्दा बढी भकारीको धानसमेत नष्ट गरिदिएको हँडियाका देवीलाल चौधरीले बताउनुभयो ।

त्रियुगाका वडा नं १ जोगिदह, २ को मोथ्याई, खैजनपुर, वडा नं ३ को चाप, ४ को बगाहा र वडा नं ५ को चुरेक्षेत्रको श्रीपुर क्षेत्रमा १७ घर हात्तीले भत्काइदिएको छ भने अन्नबालीसमेत खाइदिएको श्रीपुरका पिडीत लक्ष्मण काफ्लेले बताउनुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here