बिर्तामोड । 
जयपुर बहुउद्धेश्यीय सहकारी संस्था बुद्धशान्ति २ का अध्यक्ष घनश्याम भट्टराईलाई मातृशोक परेको छ ।
बुद्धशान्ति २ जयपुर निवासी भट्टराईकी आमा हरिप्रिया भट्टराईको ८९ वर्षको उमेरमा चैत ११ गते मंगलवार निधन भएको हो । उनी सामाजिक तथा धार्मिक व्यक्तित्वको रुपमा परिचित थिइन् ।
उनका हाल श्रीमान् हरिप्रसाद भट्टराई , दुई छोरा– वुहारीहरु घनश्याम –ओमादेवी , हरिश्चन्द्र –हेमन्ता भट्टराई रहेका छन् । त्यस्तै उनका दुई छोरी –ज्वाईँहरु फूलकुमारी –दिननाथ गौतम, कृष्णकुमारी –गोकर्ण न्यौपाने रहेका छन् । उनका १५ जना नाती नातिनी , २२ जना पनाती पनातीनी रहेका छन् ।
उनका छोरामध्ये घनश्याम कामधेनु दूग्ध उत्पादक सहकारी संस्थाका संस्थापक अध्यक्ष , आइपियम झापाका संस्थापक अध्यक्ष , अल्पादेवी वीऊविजन सहकारी संस्थाका संस्थापक अध्यक्ष ,कृषि उपज वजार व्यवस्थापन समिति बुद्धशान्तिका अध्यक्ष , भट्टराई कुलवंश प्रतिष्ठान प्रदेश नं.१ का सदस्य, भट्टराई कुलवंश प्रतिष्ठान वुधवारेका अध्यक्ष लगायत विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेका छन् ।
त्यस्तै हरिश्चन्द्र सानाकिसान सहकारी संस्था अन्तर समूहका अध्यक्ष , जयपुर बहुउद्धेश्यीय सहकारी संस्था बुद्धशान्ति २ का सदस्य लगायत विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेका छन् । स्व. भट्टराईको बुद्धशान्तिमा रहेको चिलिमगढी घाटमा अन्त्येष्टि गरिएको बताइएको छ ।






























