आगलागीबाट १५ लाख बढीको क्षति

0
430

तेह्रथुम ।

तेह्रथुमको छथर गाउँपालिका–४ फाक्चामारा बस्ने सुर्य बहादुर लिम्बुको घरमा आगलागी हुँदा अन्दाजी १५ ‍लाख बराबरको क्षति भएको छ ।

आज बिहान ८ बजेको समयमा लिम्बुको ढुङगा माटोले बनेको २ तले घर २ वटा र गाईगोठमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा घर सहित घरमा भएको सम्पुर्ण काठपात, खाद्यान्न, लत्ताकपडा समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगलागीमा लिम्बुको गोठमा रहेका १० वटा बाख्रा र एउटा सुँगुर समेत जलेर मरेका छन् । आगलागी प्रहरी चौकी शुक्रवारेबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा साँढे १० बजे नियन्त्रणमा आएको थियो भने मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here