कोरोना कोषमा ६ करोड: ३९ हजार विपन्न परिवारलाई राहत प्रदान

0
1135

झापा,

कोरना भाइरसको संक्रमण तथा जोखिम सुरु भए यता झापामा ३९ हजार ३ सय ६२ परिवारले राहत बुझेका छन् ।
जिल्ला समन्वय समितिका अध्यक्ष सोम पोर्तेलका अनुसार जिल्लाका १५ स्थानीय तहले आ–आफ्नो पालिकामा अति वर्गका परिवारलाई राहत बुझाएको हो । पालिकाले जिल्ला समन्वय समितिलाई पठाएको तथ्याक अनुसार झापामा हाल सम्म ३९ हजार ३ सय ६२ परिवारका १ लाख ६० हजार ४ सय १३ जनाले सरकारले तोकेको मापदण्ड अनुसारको राहत पाएका हुन् ।


केन्द्रिय तथ्याक विभागका अनुसार झापामा ८ लाख १२ हजार ६ सय ५० जनसंख्या छ । यो जनसंख्यालाई हेर्ने हो भने जिल्लामा १ लाख ६० हजार ४ सय १३ जनाले राहत पाइसकेका छन् । यसैलाई आंकलन गर्ने हो भने झापामा झण्डै २० प्रतिसत गरिबीको रेखा मुनी रहेका परिवारले राहत पाएको तथ्याकले देखाएको छ । यसैलाई आधार मान्ने हो भने अर्का तिरबाट झापामा गरिबीको संख्या २० प्रतिसत भन्दा माथि रहेको बुझिएको छ ।

जिल्लाको हल्दीबारी गाँउपालिकामा कोभिड १९ (कोरोना)का कारण लकडाउनमा परेर जिवीकोपार्जन बन्द भएका परिवालाई लकडाउनको तीन साता बित्दा पनि राहत वितरण गरिएको छैन ।
जिल्ला समन्वय समितिका अध्यक्ष पोर्तेलले भने,‘एकद्धार प्रणालीबाट राहत वितरण गर्न सरकारले अपनाएको नीति अनुसार जिल्लामा राहत वितरण भएको छ ।’ संघिय मन्त्रालयले स्थानीय तहलाई पठाइएको परिपत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरूले राहत वितरण गर्न चाहेमा स्थानीय तहसँग अनिवार्य समन्वय गर्न निर्देशन थियो । ‘एनजिओ तथा आइएनजिओहरू आफुखुसी राहत बाड्न नदिन झापाका स्थानीय तहको सरकारले बनाएको नीति अपनाएको हो,’ उनले भने ।

झापामा दैनिक ज्यालादारी मजदुरी गर्ने बर्ग, असहाय बृद्ध बृद्धा तथा विपन्न तथा अति निम्न आय भएका वर्गले स्थानीय सरकारबाट राहत पाएका छन् । झापाका अधिकाँस पालिकामा निर्वाचित जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीको रोहवरमा राहत वितरण भएको छ । राहत पाउन योग्य परिवारको छनौट वडा कार्यपालिकाले वडाका क्रियाशिल राजनीतिक दलका प्रतिनिधि संगको समन्वयमा छनौट गरेको थियो ।
जिल्ला समन्वय समितिका अध्यक्ष पोर्तेलका अनुसार शुक्रबार सम्ममा जिल्लाका स्थानीय तहमा ६ करोड २ लाख २६ हजार ३ सय ९७ रुपैयाँको कोरोना राहत कोष निर्माण भएको छ । यो रकम जिल्लाका सबै स्थानीय पालिकामा स्वतःस्फुर्त जम्मा भएको रकम हो ।

जिल्लाका स्थानीय तहमा ७ लाख ३५ हजार ७ सय ७४ किलोग्राम चामल, ९२ हजार २ सय १ किलोग्राम दाल, ५६ हजार १ सय ५९ किलोग्राम नुन, ३६ हजार २ सय ३८ लिटर खाने तेल र २७ हजार ६ सय ८२ थान हातधुने सावुन संकलन र वितरण भएको अध्यक्ष पोर्तेलले जानकारी दिएका छन् ।
पालिकाले वितरण गरेको राहतमा ५ भन्दा साना परिवारलाई एक साता पुग्ने १० किलोग्राम चामल र सो भन्दा माथिको संख्यामा परिवार सदस्य भए १५ किलोग्राम चामल प्रदान गरिएको छ । केहि पालिकाले प्रतिव्यक्ति ४ किलोग्रामका दरले पनि चामल राहत प्रदान गरेको जिल्ला समन्वय समितिको सुचना शाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here