सप्तरी।

एम्बुलेन्स रिजर्भ गरेर श्रीमती भेट्न जाँदा एक इन्जिनियर पक्राउ परेका छन् ।
वैशाख ३ गते बेलुका नक्कली बिरामी बनेर गएका राजविराज २ का ४० वर्षीय राजेश मिश्र श्रीमती भेट्न जादैं गर्दा सप्तरीको सप्तकोसी नगरपालिकास्थित फत्तेपुरमा प्रहरीले पक्राउ गरेका हुन् ।
उनको श्रीमती उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित हडियामा स्वास्थ्य चौकीमा कार्यरत छिन् । श्रीमतीलाई भेट्न जान कुनै उपाय नलागे पछि उनले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट बिमारी डिस्चार्ज पेपर पनि बनाएको पाइएको छ ।
उनले राजविराजस्थित विपी बिचार समाजको स १ च ११२२ नम्बरको एम्बुलेन्स दुरुपयोग गरेका थिए । उनी इन्जिनियर हुन ।































