लकडाउनले उखु किसान मारमा

0
843

 

सुरुङ्गा, झापाको अर्जुनधारा नगरपालिका ५ निवासी ज्ञानवहादुर भारतीले ३५ विगाह क्षेत्रफलमा लगाएको उखु समयमा बिक्री गर्न नपाउँदा चिन्ता थपिएको छ ।

उखु बिक्री गर्ने समयमा लामो समयसम्म मुलुकमा लकडाउन हुँदा उखुका बोट(लाक्रा) सुक्न थालेसंगै उहाँमा चिन्ता थपिएको हो । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन लम्बिदै जाँदा आफूले उत्पादन गरेको ग्यामेरा प्रजातिको जुस बनाउने उखु बिक्री गर्न नपाएको भारतीले बताउनुभयो ।

उखु काट्ने समयमा एक महिनासम्म बन्द हुँदा उखुका लाक्रा खेतमै सुके भारतीले भन्नुभयो – ‘३५ विगाह क्षेत्रफलमा लगाएको उखु काटेर फाल्न पनि अब सक्ने अबस्था रहेन, लकडाउने मजदुर समेत पाइँदैन ।’

उखु खेतीबाट झण्डै ४० लाख रुपैयाँ आम्दानी गरौला भन्ने थियो अब त आस हराउँदै गयो भारतीले भन्नुभयो – ‘अझ दुई चारदिन लकडाउन लम्बिने हो भने उखु वारीमा आगो छाड्दा हुन्छ ।’

उखु खेतीका लागि ३० ÷३५ लाख रुपैयाँ लगानी भएको छ अब लगानी कसरी उठाउने उहाँले दुखेसो पोख्नुभयो । लामो समयदेखि व्यवसायिक उखु खेती गर्दै आउनुभएका भारती झापामा जुस बनाउने उखु खेती गर्ने पहिलो कृषकका रुपमा चिनिनुहुन्छ । उहाँले २०४८ सालअघिबाट उखु खेती गर्दै आउनुभएको हो । जुसका लागि उहाँले उत्पादन गरेको उखु झापाका बजारसहित काठमाडौं,पोखरासम्म पुग्ने गरेको थियो । तर, लामो समयसम्म मुलुक लकडाउन हुँदा उहाँले समयमा उखु बिक्री गर्न सक्नु भएन ।

अर्जुनधाराकै कतिपय कृषकले समयमा उखु विक्री गर्न नसकेकर बगानमै आगो लगाएको भारतीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here