कोरोनाको त्रास र फितलो विपद् व्यवस्थापन

0
1276

विश्व थापा ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा त्रास फैलिएको छ । यस भाइरसले सैयौं व्यक्तिका्े ज्यान «लिइसकेको छ । हजारौ व्यक्तिहरु यसको संक्रमणबाट बिरामी परि उपचारत छन । विश्वमा पहिलो पटक अकस्मात देखिएको यो भाइरसले संसारका प्रायः अधिकांस मुलुकहरुलाई प्रभावित पारिरहेको दखिन्छ । हाम्रो जस्तो विकासोन्मुख देशमा त कोरोनाको संक्रमण यहि गतिमा बढ्दै गयो भने अवस्था कस्तो हुन्छ कल्पना गर्न समेत कठिन छ । उच्च स्तरको स्वास्थ्य सुविधा भएका मुलुकहरुमा समेत कोरोना भाइरसका बिरामी बढ्दै गए पछि स्वास्थ्य सेवामा समस्या देखिन थालेको छ । अमेरीका जस्तो देशमा माक्स र औषधि नपाएर हाहाकार छ । एउटा भाइरसले संसार थर्कमान बनाएको छ । हतियारको होडबाजी गर्ने अनि संसारै जित्छु भन्ने देशहरु समेत यो भाइरससंग डराएका छन ।

कोरोना भाइरसले विकासको द्रुत गतिमा अघि बढिरहेको विश्वका विभिन्न क्षेत्रमा समस्या थपि दिएको छ । स्वास्थ्यसंगै अन्य क्षेत्रमा एकै चोटी देखापरेका समस्याहरुलाई समाधान गर्न चुनौती आइलागेको छ । संक्रमण बढ्ने क्रममा रहेकाले यसले कस्तो रुप लिने हो अहिल्यै भन्न सकिने अवस्था छैन । संक्रमणबाट बच्न सजगता अपनाउनु बाहेक अहिलेको अवस्थामा अन्य विकल्प देखिन्दैन । बालबालिका र ज्येष्ठ नागरिकहरु अहिलको अवस्थामा बढी जोखिममा छन । यस्तो जटील अवस्थामा उनीहरुलाई विशेस हेरचारका साथै मनोसामाजिक उपचारको समेत खांचो छ । कमजोर मनोवल स्वभावका उनीहरुलाई विपदको अवस्थामा विशेस ध्यान दिनु आवस्यक छ । त्रसित अवस्थामा रहने हुंदा महामारीका समयमा उनीहरुको आत्मवल बढाउन खानपान, मनोरन्जन संगै सान्त्वनाको समेत खांचो पर्दछ । यस तर्फ हामी सबै सचेत रहनु पर्दछ ।

कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि लागू गरिएको लकडाउनका कारण सम्पुर्ण मानिसहरु अहिले आफ्नै घरमा एकान्त बासमा छन । अहिलेको विषम परिस्थितिमा बन्दाबन्दीको पूर्ण पालना गरि सुरक्षित बस्ने, भिडभाडमा नजाने, जानै परे सामाजिक दुरी कायम राख्ने, पटक पटक साबुन पानीले हात धुने, माक्स प्रयोग गर्ने लगाएतका उपायहरु अवलम्वन गरेमा संक्रमणबाट बच्न सकिन्छ । एकान्तबासमा लामो समयसम्म बस्न सबैलाई कठिन नै हन्छ । घरयासि कामकाज, पठनपाठन, मनोरञ्जन, खेल, व्यायम, ध्यान जस्ता सिर्जनात्मक कार्यहरुमा सरीक हुदै जाने हो भने एकान्त बास विस्तारै सहज बन्दै जान्छ । सायद त्यही भएर होला सामाजिक सञ्जालहरुमा अहिले विभिन्न खालका रोचक गीत, कविता लगाएतका मनोरञ्जन प्रदान गर्ने सामग्रीहरु सुन्न र हेर्न पाइन्छ । यस्ता कार्यले हामीलाई केहि समय भए पनि तनावलाई भुलाएर आनन्द दिन्छ ।

भाइरस संक्रमणको महामारीले विश्व आक्रान्त बनेको छ । महा विपत्तीले सम्पूर्ण जनजिवन अस्तव्यस्त पारेको छ । दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न बर्ग बढी प्रभावित बनेका छन । भाइरस संक्रमणको पिडा संगै उनीहरुलाई दैनिक गुजारा चलाउन झन समस्या भएकोृ छ । लकडाउन थपिदै जांदा अति विपन्न समुदायमा भोकमरीको समस्या देखिन थालेको छ । यो समस्यालाई बेलैमा समाधान गर्न सकिएन भने भोका मानिसहरु लकडाउनको पर्वाह नगरि सडकमा निस्कन सक्छन । यस्तो अवस्था आउन नदिन सरोकारवाला निकाय बेलैमा सचेत बन्न जरुरी देखिन्छ । उनीहरुलाई दैनिक जीवन धान्न अति आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउनु पर्दछ ।

बन्दाबन्दी लम्बिदै जांदा हुंदा खानेहरुका घरमा चुलो बल्न छाडेको छ । आप्रबासी मजदुरहरु घर जान सडकमा निस्कन थालेका छन । राहत वितरण भरपर्दो देखिदैन । वडा, पालिका, जिल्ला, प्रदेश र संघ बीच समन्वय यस्तो अवस्थामा प्रभावकारी हुनु पर्नेमा त्यस्तो देखिदैन । अति आवस्यक बस्तुहरु नै लकडाउनमा गए जस्तो महशुस हुंदैछ । यही ताल हो भने भाइरसले भन्दा पनि भोकले मर्ने सम्भावना बढ्दै गएको छ । यी समस्याका मुख्य कारण भनेको पूर्व तयारीको कमी हो । सरोकारवालाहरुले विपदलाई महत्व नदिनु र यसलाई प्राथमिकतामा नराख्नाले अहिले विपद व्यवस्थापन गर्न समस्या भोगिरहेका छन । राहत वितरण सहि तरीकाले गर्न नसक्दा अहिले तीनै तहका सरकारको आलोचना भइरहेको छ । राहत वितरण र वितरण प्रणालीलाई बेलैमा व्यवस्थित नगर्ने हो भने चोरी डकैती र सामाजिक अपराध बढ्ने हुंदा थप त्रास बढ्न सक्छ ।

पहिले जिल्ला विपद व्यवस्थापन समिति मार्फत हुने कार्यहरु अहिले वडा र पालिका स्तरीय विपद व्यवस्थापन समिति मार्फत हुंदै आएका छन । कानूनले जिम्मेवारी प्रदान गरे पनि ती अधिकांस समितिहरुमा विपद व्यवस्थापन कार्य योजना नै छैन । केहि पालिकाहरुले विपदलाई प्राथमिकतामा राखी कार्य योजना समेत बनाइ विपद व्यवस्थापनमा जुटीरहेका छन । पूर्व तयारी र योजना बद्ध रुपमा काम गर्दा उनीहरुलार्इृ सहज भएको छ । अर्को तर्फ विना योजना विपदको समयमा राहत वितरणमा जुटेका वडा र पालिकाहरुमा आलोचना सुरु भएको छ । विपद भनेको बाजा बजाएर आउंदैन, वडा तथा पालिका विपद व्यवस्थापन समितिले कार्य योजना सहित आफ्नो कोषमा पर्याप्त रकम विनियोज गरौ भनेर हामी रेडक्रसकर्मीहरु भन्दै आएका थियौं ।

अहिले धेरै ठाउमा विपद कोष शून्य हुदा राहत वितरण तथा कोरोना नियन्त्रण कार्यक्रमका लागि बजेट रकमान्तर गर्नु परेको छ । आफ्नो बडा तथा पालिकामा बस्ने अति विपन्न परिवारको लगत कतै छैन जसका कारण राहत वितरणमा विवाद देखिएको छ । अति विपन्न परिवारको मापदण्ड समेत स्पस्ट छैन । महा विपतको समयमा टोल विकास संस्थाहरुलाई अति विपन्न परिवारको लगत संकलन गर्ने जिम्मेवारी दिइएको छ । संकटको बेलामा उनीहरुले चाहेर पनि सही विवरण संकलन गर्न सक्दैनन । हरेक पालिकाहरुलसंग आफ्ना अति विपन्न नागरिकको लगत हुने हो भने राहत वितरण सहज हुने थियो । त्यस कारण अझै ठूला विपद आउन सक्छन त्यसका लागि विपद कार्य योजना, विपद व्यवस्थान कोष र पूर्व तयारीका साथ अहिल्यै सजग बनौं नत्र फेरि पछुताउनु पछृ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here