नेपालमा २९ हजार ५ सय बढीको गरियो कोरोनाको परीक्षण, संक्रमित ३१ मा ४ जना भए उपचारपछि निको

0
491

काठमाडौं।

कोरोना भाइरसबाट संक्रमित अर्का एकजना पनि उपचारपछि निको भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती अस्पतालमा उपचाररत २१ वर्षीय पुरुष उपचारपछि निको भएकाले आइतबार डिस्चार्ज गरिएको जानकारी दिए ।

डा. देवकोटाले नेपालमा अहिलेसम्म २९ हजार ५६७ वटा कोरोना भाईरसको परीक्षण गरिएको जानकारी दिए । डा देवकोटाका अनुसार पीसीआर ८ हजार ८१ र आरडीटीबाट २१ हजार ४ सय ८६ वटा परीक्षण गरिएको हो ।

पछिल्लो २४ घण्टामा २१ सय ६८ जनाको नयाँ आरडीटी परीक्षण गरिएको जानकारी दिँदै उनले सबै जिल्लामा आरडीटीबाट परीक्षण भइरहेको बताए । डा देवकोटाले हालसम्म देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा र १०३ जना एकान्तवासमा रहेको पनि जानकारी दिए । डा देवकोटाका अनुसार उपत्यकामा पाँच र उपत्यका बाहिर ९८ जना गरी १ सय ३ जना आइसोलेसनमा छन् ।

डा देवकोटाले सेती अस्पतालमा उपचार गरिरहेका २१ वर्षीय पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ आएकाले डिस्चार्ज गरी घर पठाइने बताए । यो संगै नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएकामा चार जना निको भएका छन् । यसअघि संक्रमित मध्ये तीन जना उपचारपछि आ–आफ्ना घर फर्किएका छन् ।-इमेजखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here