काफ्लेले दिए प्रहरीलाई स्वास्थ्य सामग्री

११ जेष्ठ २०७७, आईतवार मा प्रकाशित

झिलझिले ।

इलाका प्रहरी कार्यालय झिलझिले मातहतमा कार्यरत प्रहरीलाई शिवसताक्षी नगरका एक समाजसेवीले स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।

लायन्स क्लब शिवसताक्षीका संस्थापक प्रमुख याम काफ्लेले पञ्जा, सेनिटाइजर, माक्स र हातधुने साबुन प्रदान गरेका हुन् । दाता काफ्ले दुधे स्थित काफ्ले खाद्य भण्डारका संचालक हुन् । उनि केहि समयदेखि सामाजिक काममा क्रियाशिल छन् ।

कोरोना काभिड १९ को संक्रमण रोकथामका लागि फ्रन्टलाईनमा रहेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको काफ्लेले बताए । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मी कोरोना भाईरसको उच्च जोखिममा रहेको भन्दै सतर्कता अपनाउन समेत सुरक्षाकर्मीलाई उनले आग्रह गरे । काफ्लेले २ सय थान मेडिकेटेड माक्स, २ सय थान पञ्जा, ५ सय एमएलको सेनिटाइजर र १२ थान हात धुने साबुन प्रदान गरेका थिए ।

प्रहरीलाई प्राप्त स्वास्थ्य सामग्री भोलिनै मातहतमा कार्यरत प्रहरीले पाउने इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय झिलझिले मातहतमा ७७ प्रहरी कार्यरत छन् ।

इलाका प्रहरी कार्यलय शिवगञ्ज, प्रहरी चौकी माहाभारा, प्रहरी चौकी कुञ्जीबारी, प्रहरी चौकी मंगलबारे, अस्थाई प्रहरी चौकी माईधार छन् । प्रहरीलाई स्वास्थ्य सामग्री प्रदान गर्ने दाता काफ्लेको प्रहरी निरीक्षक ठाकुरले प्रसंसा गरे । उनले भने, यस्तै अनुकरणीय सामाजिक काम गर्न प्रेरणा मिलोस् ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here