मेष– परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ । खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला ।
वृष– पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला । छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ ।
मिथुन– टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।
कर्कट–मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ ।
सिंह– प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन जुट्नेछन् ।
कन्या– दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । तर फजुल खर्चले केही समस्या पनि आउलान् ।
तुला–कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । आँटले काम लिन नसक्दा पछि परिनेछ । अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ ।
वृश्चिक– कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ । ईष्र्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन् ।
धनु– सानातिना काममै अल्झनुपर्दा उद्देश्यबाट विमुख हुनुपर्ने स्थिति आउन सक्छ । आफ्नो लक्ष्य प्रति अडिक रहदा राम्रो होला ।
मकर–सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कुम्भ–समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । व्यापार–व्यवसाय बढ्नेछ ।
मीन– श्रमको राम्रो उपलब्धि हात पार्न सकिनेछ । तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न भने विलम्ब हुनेछ ।