ताप्लेजुङ,
डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक-एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो। उनीहरुले सेतक चिनी छोडपूर्जी बनाए बापत सेवाग्राहीसँग पटक÷पटक घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो।
सोही सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एक÷एक लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएको आयोगको कार्यालय, ईटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।