समपूरक र विशेष अनुदान आएनः नेपालगञ्ज

२६ जेष्ठ २०७७, सोमबार मा प्रकाशित

नेपालगञ्ज,

नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा समपूरक र विशेष अनुदान उपलब्ध गराउन राष्ट्रिय योजना आयोगलाई स्मरण गराएको छ । उपमहानगरपालिकाले आयोगलाई आइतबार लेखेको पत्रमा विधि, प्रक्रिया, कानून तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आव ०७७÷७८ को बजेटमा समावेश नगरिएको उल्लेख छ ।

नगर प्रमुख डा धवलशम्शेर राणाको हस्ताक्षर रहेको ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘उपमहानगरपालिका आफैँले गर्न नसक्ने क्षेत्रका योजनाहरुका लागि समपूरक र विशेष अनुदान माग गरी समयभित्रै पठाइएको स्मरण गराउन चाहन्छौँ ।’

उपमहानगरपालिकाका अनुसार समपूरक अनुदानस्वरुप वडा नम्बर २० मा कृषि क्याम्पस निर्माण र कान्तिताल सुधार तथा नगरका १३ वटा वडामा कार्यालय निर्माणका योजनामा रु २५ करोड माग गरेको थियो । सोमध्ये रु १२ करोड ५० लाख संघीय सरकारसँग माग गरिएको उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो ।

यसैगरी विशेष अनुदानका लागि फोहोरमैला व्यवस्थापन, विशेष शैक्षिक कार्यक्रम र लक्षितवर्ग कार्यक्रमका लागि रु १६ करोड ४७ लाख ४० हजार बजेटबाट छ कार्यक्रम माग गरिएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here