भारतलाई विप्लवको अपिल: गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर

६ असार २०७७, शनिबार मा प्रकाशित

काठमाडौं ,

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले गार्खा भर्ती खारेजीको माग गरेका छन् ।

शनिबार एक वक्तव्य जारी गर्दै महासचिव विप्लवले चीनसँगको युद्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्। ‘भारतलाई गोर्खा रेजिमेन्टलाई चीनसँगको युद्धमा प्रयोग नगर्न आग्रह गर्दछ, त्यसैगरी नेपाली युवाहरुलाई आफ्नो जन्मभूमिमा श्रम गर्न र भारतीय सेनामा भर्ती भएर भाडावाल लडाकु नबन्न विशेष अपिल गर्दछ’, विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महासचिव विप्लवले पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा लड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवं लज्जास्पद विषय भएको बताएका छन्।

चीन र भारतबीच तनाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथ गराउने तयारी गरिरहेको अवस्थामा नेकपाका महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध युद्धमा भाग लिने, एउटाका पक्षमा अर्काविरुद्ध युद्ध लड्नुपर्ने कुरा उचित नभएको उल्लेख गरेका छन्।

 

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here