बुधबारेमा काेराेना सचेतना कार्यक्रम

२९ असार २०७७, सोमबार मा प्रकाशित

बुधबारे ।

झापाकाे बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज काेराेना सचेतना कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सावधानीका बिषयमा थप सचेत पार्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको थियो । सो क्रममा मास्क नलगाउने २ दर्जन बढीलाई सचेत गराउँदै केहि बेर प्रहरीले सडकमा उब्याएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरलले कोरोनाबाट जाेगिन सबैले सावधानीका उपाय अवलम्बन गर्नु पर्ने बताए । मास्क नलगाई घर बाहिर निस्किएको देखा परेमा कानुनी कार्वाही समेत हुन सक्ने भन्दै प्रहरीलाई कडाइका साथ निगरानी बढाउन निर्देशन पनि दिए ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबारेको तल्लो चौकमा गरिएको एक कार्यक्रममा बोल्दै उनले सम्पूर्णलाई मास्कको अनिवार्य प्रयोग गर्न अनुरोध गरेका छन् । मास्क नलगाई आएका तथा राजमार्गमा मास्क नलगाई सवारी चलाईरहेका केहीलाई रोकेर केही समय गोलो सर्कलमा उभ्याई मास्कको प्रयोगका बारेमा जानकारी गराइएको कार्यक्रममा निशुल्क मास्क तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी समेत वितरण गरिएको थियो ।

कार्यक्रमको सहआयोजक जोइन्ट हेन्ड युथ सोसाईटीले रोग प्रतिरोधात्मक क्षमता बढाउने भनिएकाे अाैषधी करिब ३ सय परिवारलाई वितरण हुने गरि निशुल्क उपलब्ध गराएको जाेइन्ट हेन्ड युथ साेसाइटीका अध्यक्ष संजिल प्रसाईले बताए । बुधबारे जेसीजका अध्यक्ष जेसी नन्द कुमार याफु राईले २ सय बढीलाई निशुल्क मास्क वितरण गरिएको जानकारी दिए ।

कार्यक्रमका सभापति बुद्धशान्ति गाउँपालिकाका अधिकृत मदन कँडेलले पनि सम्पूर्ण बुद्धशान्तिबासी लगायत गाउँपालिकाका सेवा लिन आउने सम्पूर्णमा अनिवार्य मास्क लगाउन अनुरोध गरेका छन् । आफ्नो धारणा व्यक्त गर्दै कोरोना भाइरसबाट बच्न सबै सचेत हुनुपर्ने बताउँदै कार्यक्रम आयोजना गर्ने सबै संस्था लाई धन्यवाद दिए ।

सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्तिका महासचिव पूर्ण संजेलले संचालन गरको कार्यक्रममा जाेइन्ट हेन्ड युथ साेसाइटीका उपाध्यक्ष तथा बुधबारे जेसीजका सचीव अनिल वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टाकाे सहयाेगमा भएको कार्यक्रममा जाेइन्ट हेन्ड युथ साेसाइटी, बुधबारे जेसीज, सामुदायिक प्रहरी सेवा केन्द्र बुद्धशान्ति, ईलाका प्रहरी कार्यालय बुद्धशान्ति, चन्द्र सूर्य युवा क्लब संयुक्त रुपमा सहआयोजक रहेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here