उद्यमी महिलालाई नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम

२९ असार २०७७, सोमबार मा प्रकाशित

बिर्तामोड ।

महिला चेम्बर अफ कर्मश झापाको आयोजनामा विर्तामोडमा एकदिने व्यापार–व्यवसाय गर्ने उद्यमी महिलाको नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।

व्यापार–व्यवसाय गर्ने उद्यमी महिलाको नेतृत्व विकास गरी उद्यमशिलतातर्फ उत्प्रेरित गर्दै अघि बढ्न प्रोत्साहित गर्ने उद्देश्यले नेतृत्व विकास तथा क्षमता अभिबृद्धि तालिम आयोजना गरिएको महिला चेम्बर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराईले बताइन् ।

प्रदेश सांसद एकराज कार्कीको सांसद विकास कोषको आर्थिक सहयोगमा विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा तालिम भएको हो ।

महिला चेम्बर अफ कमर्श झापाकी अध्यक्ष प्रेमा भट्टराईको अध्यक्षता तथा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उद्योग उपाध्यक्ष निरा उप्रेती ओलीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद एकराज कार्कीले निडर र स्वाभिमानी हुनका लागि पहिले आत्मनिर्भर हुन आवश्यक रहेको बताउँदै महिलालाई आयमुलक कार्य गर्न आग्रह गरे ।

सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्दै सांसद कार्कीले आयमुलक कार्यका लागि आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, नेपाल अलैंची व्यवसायी महासंघका महासचिव सुवास भट्टराई, विर्तामोड नगरपालिका कार्यपालिका सदस्य भावना आचार्य घिमिरे, महिला उद्यमी संघ नेपाल झापाकी अध्यक्ष गोमा भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली लगायतले तालिममा सिकेको सिप व्यवहारमा उतार्न आग्रह गरेका थिए ।

तालिमकी सहजीकरण नेपाल पत्रकार महासंघ झापा शाखाकी उपाध्यक्ष भीमा शिवाकोटीले गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन महिला चेम्बर अफ कमर्श झापाकी महासचिव शर्मिला शाक्यले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here