२०७७ असार ३० गते मंगलबारको राशिफल

२९ असार २०७७, सोमबार मा प्रकाशित

मेष– परिस्थितिवश चिताएको काम रोकिन सक्छ । सानोतिनो समस्याले अल्झाउनेछ । स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला ।

वृष– अरूका लागि बुद्धि खर्चनुपरे पनि अध्ययनमा प्रगति हुनेछ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् ।

मिथुन– ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला । साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलाग्न सक्छ ।

कर्कट– परिवेश उल्लासमय रहे पनि जीवनशैली अस्तव्यस्त रहनेछ । मनोरञ्जन तथा लोकाचारका लागि फजुल खर्च हुन सक्छ ।

सिंह– प्रेममा सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा आफन्तको साथ जुट्नेछ । यात्राको योग छ ।

कन्या– अप्ठ्यारो स्थितिलाई पनि सहज बनाउन सकिनेछ । साँझदेखि भने केही चुनौती सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ ।

तुला– पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुबाट सजक रहनु होला ।

वृश्चिक– दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । पुराना साथी आउलान् ।

धनु– आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । साँझदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ ।

मकर– गृहस्थी यात्रा रमाइलो रहनेछ । आफन्तहरूले उत्साह जगाउनेछन् । आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ ।

कुम्भ– दिगो फाइदा हुने काम सम्पादन हुनेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

मीन– प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here