२०७७ साउन १ गते बिहीबारको राशिफल

३१ असार २०७७, बुधबार मा प्रकाशित

मेष– पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ ।

वृष– साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ । अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ ।

मिथुन– अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ । दिगो योजनामा अघि बढ्दा साँझदेखि लाभ मिल्नेछ ।

क्र्कट– नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयत्नले पनि ठूलो काम बन्न सक्छ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ ।

सिंह– प्रशस्त धन आर्जन गर्ने मौका छ । पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।

कन्या– प्रतिस्पर्धी परास्त हुनाले कामको बाधा समाप्त हुनेछ । विश्वास गरेका व्यक्तिबाट भने धोका हुन सक्छ ।

तुला– बोलीको प्रभाव बढ्नुका साथै अभिव्यक्ति कलामा निखारता आउनेछ । चिताएको काम सम्पादन हुनेछ ।

वृश्चिक– पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । मानसम्मान प्राप्त हुनेछ ।

धनु– सम्पादित कामबाट धन लाभ हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ ।

मकर– काममा सहयोगीहरूले उत्साह जगाउनेछन् । मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । काममा उत्साह जगाउनेछ ।

कुम्भ– विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारका साथ विशेष अवसर प्राप्त हुन सक्छ । रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ ।

मीन– पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । तर, अरूको भरपर्दा साँझतिर काम बिग्रन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here