हिसाबकिताब बुझाउन नसक्दा टुट्यो पतिपत्नीको नाता

0
803

मकवानपुर,

वैदेशिक रोजगारीमा गएका पतिले घर खर्च चलाउन पठाएको रकमको पत्नीले हिसाबकिताब बुझाउन नसक्दा सम्बन्ध विच्छेद भएको छ । घर खर्च गरेको रकमको हिसाबकिताबमा पत्नीले विश्वास दिलाउन नसक्दा सम्बन्ध विच्छेद भएको हो ।

बागमती प्रदेशको मकवानपुरमा गत आव २०७६/७७ मा जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि ५३१ मुद्दा दर्ता गरिएको थियो । तीमध्ये ३०० मुद्दा फर्छ्योट गरी पत्नी र पतिबीच सम्बन्ध विच्छेद गरिएको जिल्ला अदालत मकवानपुरले जनाएको छ ।

जिल्ला अदालतमा अघिल्लो आव २०७४/७५ मा दर्ता भएका ५१२ सम्बन्ध विच्छेदका मुद्दामध्ये अदालतले ३३३ मुद्दा फर्छ्योट गरेको थियो । जिल्ला अदालतमा पतिबाट पारिवारिक हिंसा, दुर्व्यवहार हुनुका साथै खान लाउन नदिएको भन्दै सम्बन्ध विच्छेद गरी पाऊँ भनी दिएको निवेदनअनुसार जिल्ला अदालतको इजलासमा कानुनी बहस हुँदा बरु पत्नीबाटै ६० प्रतिशत पतिमाथि नै आर्थिक र पारिवारिक विवादको कारणबाटै सम्बन्ध विच्छेद बन्न पुगेको जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

पत्नीले पतिभन्दा अन्य व्यक्तिसँग हेलमेल गरी अधिक खर्च गरेको भनी पतिले आरोप लगाउँदा करिब ४० प्रतिशत पत्नी सम्बन्ध विच्छेदको सिकार हुनुपरेको पनि श्रेस्तेदार भट्टराईले जानकारी दिए । अदालतको इजलासमा नवविवाहित युवतीले त्यस्तै पतिसँग अंशबण्डाको हिस्सा नलिने स्वीकार गर्दै अन्य व्यक्तिसँग नाता जोड्ने मनसाय राखी नवविवाहित पत्नीहरूले सम्बन्ध विच्छेदको निवेदन दर्ता गरेका छन् ।

यसैगरी जिल्ला अदालत मकवानपुरले गत आव २०७६/७७ मा बाल हिंसा, चोरी र नाबालकले नाबालिकालाई प्रलोभनमा पारी जबर्जस्ती अनुचित कार्य गर्न बाध्य बनाइएको मुद्दामा जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको बाल इजलासले केही नाबालिकालाई सम्बन्धित अभिभावकको जिम्मा र केही नाबालकलाई सुधारगृहमा कैद भुक्तानका लागि पठाएको जनाएको छ ।

जिल्ला अदालतमा बाल हिंसा अनुचित कार्य गर्ने र चोरी अभियोग सम्बन्धमा समेत गत आवमा २७ मुद्दा दर्ता गराएकोमा २० मुद्दाको फर्छ्योट गरी बालबालिकाको इजलासबाट थप सुरक्षागृहमा बालबालिकालाई पठाइएको पनि जिल्ला अदालतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here