झापा,
झापाको कमल गाउँपालिकामा बञ्चरो प्रहार गरी आइतवार राति आफ्नै छोराले आमाको हत्या गरेका छन् ।
कमल गाउँपालिका ७ वाह्रघरे निवासी २४ वर्षीय दिनेश ऋषिदेवले ५० वर्षीया आमालाई बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । हत्यामा सम्लग्न दिनेशलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।
मादक पदार्थ सेवन गरेर आएका उनले आमालाई बञ्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । –––