चर्पी सफा गर्ने प्रति मेरो सलाम !

२ आश्विन २०७७, शुक्रबार मा प्रकाशित

यो२०२० को फ्रेबु्रअरी ११ तारिखका दिन म न्यूयोर्क जे.एफ.के. विमानस्थलबाट सात घण्टा उठेर सुदूरपश्चिम वासिङ्टन राज्यको सियाटल विमानस्थलमा उत्रिन पुगेँ । मेरा पूर्व विद्यार्थीहरुले दुई हप्ताको लागि मलाई विशेष निम्तो गरेका थिए । म चढेको विमान ल्याण्ड गरेपछि मलाई पिकअप गर्न भनेर चोलहरु टर्मिनल २ को १० नम्बर गेटमा ट्याक्सी लिएर पर्खेका रहेछन् । मिठो मिलनमा केही मिनेट प्रेमपूर्ण अँगालो हालाहालपछि उनीहरुको निजी निवासमा पुगियो । डिनर खाइसकेपछि कोरोनाले चीनमा एकजना मान्छे मरेछ भन्ने समाचार हेर्दौ गर्दा ८ पिएमतिर कसैले बाहिरबाट डुअर बेल बजायो । मेरो चेलाले ढोका खोल्ना साथ एकजना विशालकाय(शरीर) भएको लगभग ७० वर्षको कृष्ण वर्णको देख्दैमा डरलाग्दो सुटेड्बुटेड् (टाई समेत बाँधेको) बुढो पुरुष प्रवेश ग¥यो । सबैजना चुपचाप छन् मेरो त सातोपुत्लो नै उडिगयो– ‘आज चाहिँ हप्सीको फेला परिएछ नि ! कस्तो साइतमा हिँडेछु नि !’ भन्ने लाग्यो । त्यो हप्सीले त तत्कालै आफ्नो सबै पहिरन फातफुत खोलेर एउटा सानो अण्डरवेरको मात्र भरमा ‘रेस्ट्रुम (टोइलेस कोठा)भित्र पस्यो चुपचाप ।
झण्डै ६० वर्ष अगाडितिर पहाडका ज्वाइँ ससुराल पुगेर सासुले भान्सा ठीक भयो भनेर पानीको लोहोटा राखिदिएपछि ज्वाइँ सम्पूर्ण लुगा खोलेर एउटा लँगौटीको भरमामात्र चौकामाथि चढेर टुक्रुक्क बसेको पो मलाई त याद आयो । त्यो हप्सी दुईघण्टा जति टोइलेटभित्र अइँअइँ गर्दै कुन्नि के–के गर्दै रह्यो । राति ११ पिएमतिर पो भित्र नै नुहाउँदै गरेको पुलुक्क देखियो । अनि पो तौलियाले शरीर पुछेर कपडा लगाई पूर्ववतः आकृतिको भयो । मेरो चेलालाई होला– ‘नेक्स्ट इभिनिङ्ग ओके बाई’ भन्दै बाटो लाग्यो । ऊ बोलेको पनि त्यति नै हो, दुई घण्टाभित्रमा । घरबेटी चेलाले पनि बाई भन्दै हात हल्लायो । यसरी म हुस्सुको मनभित्रको संकट ट¥यो । भरे कुरा बुझ्दा त नियमित टोइलेटट्यांकी मर्मत गर्ने अनि शहरका घरबेटीबाट पारिश्रमिक मासिकरुपमा उठाउँदै आउने निजी मेहतर पो रहेछ ।

अर्को दिन त त्यो हप्सी बुढो ४ पिएमतिर नै पो आयो । म मात्र घर रुँगेर बसेको छु । चेला दम्पत्ति नै आ–आफ्ना डिउटीमा गएका । तर, छिट्टै केटाकेटी स्कुलबाट आए । अनि त्यो बुढाले मलाई एस्क्युजमी यु प्लिज ?’ भन्यो । मैले ‘देअर गेष्ट’ भने । अनि मैले उसका विषयमा दर्जनांै प्रश्न राखेँ । उसले खुलासँग भन्दै गयो ‘म डा. जोन् सुसन हुँ । मैले रुरल् इन्भाइरोमेन्टमा पिएचडी गरेको छु । मैले २५ वर्षसम्म सिटी अस्पतालमा मेहेतरको काम गरेर रिटायर्ड भई पेन्सन खाँदैछु । यो निजी मेहेतर काम गरेको पनि आठ वर्ष बिते । अहिले ७१ वर्षको छु मेरो छ जना छोराछोरीमा छोरी सिटी अस्पतालमा नै हेड नर्स छिन्, जेठो छोरा इन्टरनेशनल पाइलट छ । अर्को छोरा वासिङ्टन युनिभर्सिटीको प्रोफेसर छ । अर्को वासिङ्टन राज्यको एमपी छ । एउटा छोरा मास्टर सकेर लसएन्जलसमा होटल चलाउँछ । कान्छो छोला इटालीम जिअलोजीमा इन्जिनियर गर्दै गर्दा मोटर एक्सिडेन्टमा परेर मृत्यु भयो । मेरी श्रीमती एमडी थिइन् । गत वर्ष डाइवेटिज रोगले निधन भयो । एण्ड योर्स प्लीज ?’ मैले उसका हरेक कुरा सुन्दासुन्दै मैले चकित भएर यति लामो जिभ्रो निकाल्नै प¥यो । मेरा सुख र दुःखका कहानी बेलीबिस्तार सुनेर उ, सो स्या भन्दै पूर्ववर्त ढंगले नाङ्गो भुतुङ्गो भएर टोइलेटभित्र पस्यो । यसरी तीन रात खटेर त्यो बुढाले मेरो चेलाको सेफ्टीट्यांकी र कम्भर्ट मर्मत ग¥यो अनि मेरो अगाडि उपरोक्त कैरन सुनाएर शिक्षित काला अमेरिकनको नियत, प्रवृत्ति र मानवोचित व्यवहारको चित्र छर्लङ्ग पारिदियो ।

मैले अब दुई हप्तासम्म नै त्यस मेहेतरको कहानीभित्र पर्ने उसको परिवार संख्या, उसको उच्च शिक्षा, उसको पेशा, उसका जहान तथा छोराछोरीको अध्ययन, उसका छोराछोरीको पेशा, उसको आफ्नो पेशाप्रतिको सम्मान र बफादारितालाई मनन गरी नै रहे । अनि त्यसको साथै मेरो जन्मभूमि नेपालको शिक्षा नीति, अशिक्षित, अर्धशिक्षित र पूर्ण शिक्षित नेपालीहरुको बानी, व्यहोरा, प्रवृत्ति, परिवेश र स्थितिको मूल्यांकन गरँे । अनपढ नेपाली भारतीय सेठहरुको दास हुनु परेको अर्धशिक्षित युवाहरुले हतियार बोकी बनवासी हुनुपरेको, जिउँदै मान्छे जलाउने गर्मी मुलुकमा विदेशीको लात्ती, भुकुण्डो र बलात्कृत हुनुपरेको, केही ल्याप्चे हान्न पनि नजानेर उल्टापुल्टा गर्ने लट्ठेतहरु मन्त्री बन्ने लाइनमा बसेको, त्यो हप्सीले जस्तै उच्च शिक्षा पढेर पनि कुर्सी तानातान गर्दै जातीय युद्धको बीऊ रोप्नुका अतिरिक्त भिक्षा मागेर ल्याएको धनराशी हसुरेर रातारात अर्बपति भएको पनि मलाई याद आयो । मैले त्यस मुलुकका शिक्षित वर्गको सोच र कर्तव्यनिष्ठता अनि नेपाली निवृत्त शिक्षक एवम् कर्मचारीहरु दिनभर तासको गड्डी वा भट्टीमा झुम्ने गरेको दृश्य साथै आमाबाबुको शरीरमा अस्थिरपञ्जर मात्र हुँदा पनि ए सुड्डा पैसा देउ नत्र…भन्दै लखरलखर घुम्ने अनि भट्टितिर नै झुम्ने अर्धशिक्षित युवा जगतलाई पनि सम्झिँदै अनि यी दुई मुलुकका पढ–अनपढ जनताहरुको मूल्यांकन गर्दै नै दुई हप्ता बिताएँ ।

शनिश्चरे माविले प्रत्येक शुक्रबार साँझ पहाडबाट बाख्रा, नौनी घिऊ, आलु, कुचो, अलैंची आदि सामग्री बोकेर आएका ढाक्रेहरुले बजार नजिकैको स्कुल भवनभित्र कुर्सी र बेञ्चमा समेत रातभर गरेको आची (भकारा) मासिक पारिश्रमिक लिने गरी सोहोर्ने कामका लागि राखिएको जमदार (डुम)को स्थिति सम्झँदा यो मन कटक्क खायो । त्यो सियाटल सिटीका कर्मचारी मात्र होइन सबै पचासै प्रान्त (राज्य)का निवृत्त कर्मचारीहरुले आफू रिटायर्ड भएपछि आफ्नो राज्यलाई अनावश्यक आर्थिक भार थेप्नु त परै जाओस्, आफै (बुढेसकालमा पनि) पसिना चुहाउने उच्च ओहोदाबाट निवृत्त पूर्व राष्ट्रपति ओबामाले सब्जीको झोला झुण्ड्याएर साइकल हाँक्दै गरेको दृश्य र सानो दर्जाको निवृत्त त्यही मेहेतर जोन सिसनको पृथ्वीभित्रको सेफ्टीट्यांकी मर्मत गर्ने कार्य अनि नेपालका उच्च दर्जाबाट निवृत्त भएका महामहिमहरुको राज्यकै दोहन कार्य तुलना योग्य र विचारणीय छन् ।

यसरी एकजना चर्पी सफा गर्ने अमेरिकन नागरिकको जीवन कहानी सुनेर अनि देखेर मैले पाश्चात्य मुलुकको शिक्षा, शिक्षित वर्गको स्थिति र जीवनशैली अर्थात् पत्याउन नै नसकिने मानव प्रवृत्ति र नियतको दुरुस्त चित्र मानसपटलमा बोकी २५ तारिख फेबु्रअरीमा न्यूयोर्क फर्केँ । त्यस चर्पी मर्मत गर्ने डा. सिसनप्रति मेरो सलाम छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here