२०७७ असोज २८ गते बुधबारको राशिफल

२७ आश्विन २०७७, मंगलवार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला । थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

काम बिग्रनाले क्षति वा घाटा हुन सक्छ । भैपरी आउने समस्याले खर्च गराउनेछ । उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ । आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आम्दानी मनग्गे हुनेछ तर फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिस गर्लान् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ । काम गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

परिस्थितिवश आँटेका काममा विलम्ब हुन सक्छ । परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

कर्म क्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन् । दिगो काम प्रारम्भ हुनेछ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मेहनतले सफलताको उचाइमा पु¥याउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । जाँगर बढाउँदा राम्रो होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

जिम्मेवारी प्राप्त भए पनि तत्काल लाभ नहुन सक्छ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला । धेरै फाइदा नभए पनि भाग्यले केही अवसर थमाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइएला । अरूको विश्वास गर्दा धोका हुन सक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here