२०७७ कात्तिक ७ गते शुक्रबारको राशिफल

६ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धन आर्जनका केही स्रोत प्राप्त हुनेछन् । यन्त्र, उपकरण वा विलासी वस्तुमा धन खर्च हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाले मान(सम्मान दिलाउनेछ । अध्ययनमा प्रगति हुनेछ र बौद्धिक सफलताले पनि उत्साह जगाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

केही विघ्नबाधासँग संघर्ष गर्नुपरे पनि आत्मसम्मानका लागि स्वाभिमानी काम गर्ने समय छ । चैतन्य शक्ति जागृत हुनाले महत्वाकांक्षी काममा प्रवृत्त भइनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आत्मविश्वास र दृढसंकल्पले लक्ष्यमा पु¥याउनेछ । तर स्वास्थ्यमा पित्तदोषका कारण ज्वरो, टाउको दुख्ने, पिनास वा आँखा सम्बन्धी समस्या आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

पूर्वाधार कमजोर हुनेहरूलाई विभिन्न चुनौति समेत आइपर्नेछन् । आफ्ना कमजोरी सच्याउन अरूको टिप्पणी तथा आलोचना सुन्ने प्रयास गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बलभन्दा बुद्धिविवेकले उचाइमा पु¥याउनेछ । आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

लगनशीलताले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । फजुल खर्च बढ्नाले अर्थ अभाव देखापर्नेछ । लेनदेनमा सजक हरनु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

खर्चिलो काम आँट्नाले ऋणभार बढ्न सक्छ । आशा देखाएर ठगी गर्ने पृष्ठभूमिका व्यक्तिहरूबाट सजग रहनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

व्यापारमा सोचेको लाभ नहुनाले लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ । महिनाभरि अर्थ अभावले सताउन सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

हठ गर्ने बानीले समस्या निम्त्याउनेछ भने कमजोरी लुकाउँदा थप नोक्सान हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

महत्वकांक्षाले व्यावहारिक समस्या निम्त्याउने हुँदा सावधान रहनुहोला । दोस्रो सातादेखि आयस्रोत सबल बन्नाले धेरै
समस्या सुल्झने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

प्रयत्न गर्दा यात्राको अवसर जुट्न सक्छ । चोटपटकको योग देखिएकाले जोखिमयुक्त काम, हतियार र सवारी प्रयोगमा
सावधान रहनुहोला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here