२०७७ कात्तिक २० गते बिहीबारको राशिफल

१९ कार्तिक २०७७, बुधबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अवसरले पछ्याए पनि आत्मविश्वासको कमीले पछि परिनेछ । भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

योजना अनुसार काममा अघि बढ्न नसकिएला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला । कसैले अपमान गर्न सक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । सहयोगका नाउँमा झुक्याउनेहरूले दुःख देलान् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । आफ्ना विषयवस्तुमा अरूले दाबी गर्न सक्छन् । याद राख्नु राम्रो होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । यात्राको सम्भावना देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारी साथ काम लिनुहोला । बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

खर्च लागे पनि कर्जामार्फत धन जुट्नेछ । यात्रा गर्ने अवसर भने प्राप्त हुनेछ । मनको योजना पूरा हुने योग छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आम्दानी बढ्नाले उत्साह जाग्नेछ । श्रमको उचित मूल्य पाइनेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ । दैनिक आवश्यकता पूरा हुनेछन् भने मेहनतको फल प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने साझेदारीबाट मनग्गे लाभ मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । मिष्ठान्न भोजन मिल्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here