२०७७ कात्तिक २१ गते शुक्रबारको राशिफल

२० कार्तिक २०७७, बिहीबार मा प्रकाशित

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । दिगो काम प्रारम्भ हुनेछ । तर आज उठेको रकम तत्काल खर्चनुपर्ला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी अरूकै लागि खर्च हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जा लिनुपर्ने हुन सक्छ । लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पु¥याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सम्भावना देखिए पनि सोचेजति फाइदा नहुन सक्छ । उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। धार्मिक र सेवामूलक काममा प्रवृत्त भइनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

आफूलाई तत्काल फाइदा नदेखिए पनि अरूको उपकार गर्न सकिनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

विवादास्पद काम गर्नुपरे पनि मिहिनेतले लाभ हुने काम प्रारम्भ हुनेछ । दोहो¥याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा
ध्यान पु¥याउनुहोला ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here