हाम्रो नेपालको आठौं वार्षिक साधारण सभा र दोस्रो एकीकरण सभा

२७ कार्तिक २०७७, बिहीबार मा प्रकाशित

तुलसीप्रसाद निरौला , बिर्तामोड  ।

झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था र दमक –६ मा कार्यालय रहेको कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाबीच एकीकरण भएको छ ।

हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाको बिर्तामोडमा विहीबार भएको आठौं वार्षिक साधारण सभा र दोस्रो एकीकरण सभामा दुवै संस्थाबीच एकीकरण भएको घोषणा गरिएको हो ।

हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भवानीप्रसाद दंगाल र कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईको संयुक्त अध्यक्षता तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हाम्रो नेपाल साकोसका उपाध्यक्ष पृथ्वी ओलीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक एवम् झापा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष घनश्याम अधिकारी , बिर्तामोड नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कूलप्रसाद संग्रौला, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखाका प्रमुख मुना घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हाम्रो नेपाल साकोसका अध्यक्ष भवानीप्रसाद दंगालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले दुई सहकारीवीच एकीकरण गरेसंगै अब उप्रान्त हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्था कान्तिपूर सेवा केन्द्रको नामबाट दमकमा कारोबार गरिने वताए ।

कोरोना महामारीका कारण संक्रमण फैलनबाट जोगिन ठूलो संख्यामा हुने उपस्थितिलाई घटाएर सानो आकारमा साधारणसभा गरिएको बताउँदै अध्यक्ष दंगालले उपसमितिस्तर सम्मको प्रतिनिधित्व तथा इकाइस्तरबाट चुनिएर आएका सदस्यहरुले माइन्युट प्रमाणीकरण गर्ने नीति अनुरुप साधारणसभा गरिएको जानकारी दिए ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समितिका संयोजक कृष्णराज कटुवालले लेखा समितिको प्रतिवेदन , ऋण उपसमितिका संयोजक पृथ्वी ओलीले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईसहित कान्तिपुर साकोसका सबै समिति र उपसमितिका पदाधिकारीहरुलाई सम्मानपत्रसहित विदाई गरिएको थियो ।

कान्तिपूर वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष वासुदेव भट्टराईले धन्यवाद मन्तव्य राख्दै आफ्नो संस्था २०६८ साल पुस ५ गतेदेखि सञ्चालनमा रहेको र संस्था एकीकरण भएसंगै अझ मजवुत वनेर शेयर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिने जानकारी दिए ।

कार्यक्रमको सञ्चालन हाम्रो नेपाल वचत तथा ऋण सहकारी संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here