वीरता जेसीजको प्रि इण्डक्सन एण्ड लोम अफिसर्स तालिम

0
1130

बिर्तामोड  ।

वीरता जेसीजको आयोजनामा विर्तामोडमा प्रि इण्डक्सन एण्ड लोम अफिसर्स तालिम सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशाल थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका तालिम संयोजक प्रभात मास्केले स्वागत गरेका थिए ।

वीरता जेसीजका उपाध्यक्ष अमरजीत शाहले आस्था वाचन गरेको कार्यक्रममा सदस्य वरुणकुमार जैसवालले जेसीआई मिसन भिजन वाचन गरेका थिए ।

कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष विशालले वीरता जेसीजका कार्यसमितिका पदाधिकारीहरुको काम ,कर्तव्य र अधिकारका वारेमा र नयाँ सदस्यहरुलाई जेसीजको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ (एलसी)ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here