खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड

0
960

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

वीरता जेसीजका संयुक्त सचिव टिकाराम खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरिएको छ ।

वीरता जेसीजको सचिवालयमा सोमबार आयोजित प्रथम वोर्ड वैठकमा वीरता जेसीजका अध्यक्ष राजीव धिमाल र निवर्तमान अध्यक्ष मिजास पोखरेलले संयुक्त सचिव टिकाराम खतिवडालाई जेसी अफ द मन्थ जनवरीको अवार्ड प्रदान गरेका हुन् ।

वीरता जेसीजको वर्तमान नेतृत्वले कार्यभार सम्हालेपछि हरेक महिना नयाँ सोच र उत्कृष्ट कार्य गर्ने एक जनालाई जेसी अफ द मन्थको अवार्ड प्रदान गर्न शुरु गरेको वीरता जेसीजका अध्यक्ष धिमालले बताए ।

 

उत्कृष्ट कार्यको कदर गर्दै उत्कृष्ट कार्य गर्न अरुलाई पनि प्रेरित गर्ने उद्देश्यले वीरता जेसीजले सन् २०१८ देखि जेसी अफ द मन्थको अवार्ड प्रदान गर्ने कार्यको थालनी गरिएको र यस वर्ष पनि यस कार्यलाई निरन्तरता दिइएको उनले बताए ।

कार्यक्रमको सहजीकरण वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ(एलसी )ले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here