बिर्तामोड ।
वीरता जेसीजले बिर्तामोड – ९ गरामनी सतालसिंह बाडी निवासी सम्पतलाल राजवंशीलाई खाद्यान्न सामग्री प्रदान गरेको छ ।

वीरता जेसीजका स्वास्थ्य संयोजक घनश्याम चौधरीको जन्मोत्सवको अवसर पारेर विपन्न अवस्थाका राजवंशीलाई खाद्यान्न सामग्री वितरण गरिएको वीरता जेसीजका अध्यक्ष राजीव धिमालले बताए ।
वीरता जेसीजका अध्यक्ष धिमालको नेतृत्वमा गएको टोलीले राजवंशीको घरमै पुगेर नौ हजार रुपैयाँ बराबरको चामल , तेल,दाल,चना र चिनी लगायतका खाद्यान्न सामाग्री राजवंशीलाई वितरण गरिएको कार्यक्रम संयोजक तथा वीरता जेसीजका स्वास्थ्य संयोजक चौधरीले बताए ।

आफ्नो घरमै आएर खाद्यान्न सामग्री प्रदान गरेकोमा राजवंशीले वीरता जेसीजको टोलीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको संञ्चालन वीरता जेसीजका महासचिव लोकचन्द्र श्रेष्ठ(एलसी )ले गरेको अवार्ड संयोजक सञ्जय राजवंशीले जानकारी दिए ।






























