अर्जुनधारा ।

नगरमा रहेका कृषकहरुलाई व्यवसायिक कुखुरा पालन बारे ज्ञान र सीप प्रदान गर्ने उद्धेश्यले नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा सञ्चालित दुई दिवसीय व्यवसायिक कुखुरा पालन तालिम सम्पन्न भएको छ ।
सहजकर्ताद्वय शाखा प्रमुख पदमलाल राई र डा.रविन राईले सहजिकरण गरेको तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।
तालिममा चल्ला हुर्काउने तरिका, खोरको व्यवस्थापन, दाना र पानीको व्यवस्थापन, रोगको उपचार र भ्याक्सिन, व्यवसायिक योजनालगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको सहजकर्ता प्रमुख राईले जानकारी दिए ।
त्यसैगरी कार्यक्रममा नगरपालिकाले सञ्चालन गर्न लागेको नगरस्तरिय विशेष सहकारीको औचित्य बारे शाखा प्रमुख राईले जानकारी दिए । कार्यक्रममा सहभागीहरुकोतर्फबाट चन्द्रबहादुर कार्की र मन्दिरा बस्नेतले तालिमको अनुभव प्रस्तुत गरेका थिए ।
नगर आर्थिक समितिकी संयोजक दिलमाया दासको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।































