बिर्तामोड,

आगलागिमा घरसहित लाखौंको धन नष्ट भएका दशनामीहरुको सहयोगका लागि नेपाल दशनामी समाज प्रदेश १ समितिले सवै बन्धुहरुमा आग्रह गरेको छ ।
ताप्लेजुङकोे श्रीजंगा–१ सिनामका शान्तिराम गिरी, टेकनाथ गिरी, दिपेन्द्र गिरी, दीपक गिरीसहित ५ वटा घरमा आगलागि हुँदा लाखौको क्षति भएको थियो ।
उनीहरुको राहतका लागि प्रदेश समितिले देश तथा विदेशमा रहेका दशनामी बन्धुसँग सहयोगको आग्रह गरेका हुन् ।
त्यसका लागि नेपाल दशनामी समाज प्रदेश १ समितिका अध्यक्ष चन्द्रप्रसाद गिरीको बैंक अफ काठमाडौं बिर्तामोड शाखामा रहेको खाता नं. १५४१०००००७२३५२४ मा सहयोग रकम जम्मा गर्न सकिने प्रदेश १ सचिव प्रेमराज भारतीले जानकारी दिए ।































