मुडुला कार्की कुलायन समिति चयन

0
1384

सुरुङ्गा ।

मुडुला कार्की कुलायन व्यवस्था जिल्ला समिति झापाको नेतृत्व चयन गरिएको छ ।

कनकाई(४ कोटीहोमस्थित संस्थाको निजी भवन परिसरमा सम्पन्न प्रथम अधिवेशनले बमबहादुर कार्कीको अध्यक्षतामा सर्वसम्मत रुपमा १३ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा श्यामबहादुर कार्की, सचिवमा राजकुमार कार्की र कोषाध्यक्षमा तारा कार्की चयन भएका छन् ।

त्यसै गरी, समितिको सदस्यहरुमा नेत्र कार्की, काशी कार्की, हिरण्य कार्की, अमरबहादुर कार्की (सुरुङ्गा), विक्रम कार्की, भीमबहादुर कार्की, कैलाश कार्की, दिलकुमारी कार्की, जितबहादुर कार्की र इन्द्रबहादुर कार्की चुनिएका छन् । अधिवेशनले छत्रबहादुर कार्की संयोजक र रुद्रबहादुर कार्की, देवेन्द्र कार्की, अर्जुन कार्की, डम्बरबहादुर कार्की सदस्य रहेको ५ सदस्यीय लेखा समिति गठन गरेको छ ।

त्यसै गरी, गणेशबहादुर कार्की (ज्ञानेन्द्र) संयोजक रहेको १५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । अन्य सल्लाहकारहरुमा बमबहादुर कार्की, अम्बरबहादुर कार्की, गोपाल कार्की, लीला कार्की, पवन कार्की, बमबहादुर कार्की (दमक), राजकुमार कार्की, बालकुमार कार्की, बोर्णबहादुर कार्की, गणेश बहादुर कार्की (अर्जुनधारा), उदयबहादुर कार्की, जितबहादुर कार्की, पूर्णकुमारी कार्की र डिकबहादुर कार्की रहेका छन् ।

निर्वाचन सम्पन्न गर्न गणेशबहादुर कार्की, गोकर्ण कार्की र श्यामहादुर कार्की रहेको निर्वाचन समितिले काम गरेको थियो । सो अवसरमा कृष्णराज कार्की, दुर्गामाया कार्की, पूर्णकुमारी कार्की र दिलबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

झापा निर्वाचन क्षेत्र नंंं. २ प्रदेशसभा सदस्य माननीय एकराज कार्कीको प्रमुख आतिथ्य र तदर्थ समितिका अध्यक्ष बमबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमका अध्यक्ष नबलकिशोर दत्त, कनकाई नगरपालिकाका कार्यवाहक नगर प्रमुख एवम् नगर प्रवक्ता गोविन्दप्रसाद पौडयाल, कुलायन समितिका केन्द्रीय सदस्य अम्बरबहादुर कार्की, पूर्वाञ्चल समितिका अध्यक्ष गणेशबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here