नारी सञ्चारलाई सहयोग गर्दै बोजुले जन्मदिन मनाइन्

0
692

बिर्तामोड ।

झापाली सञ्चारकर्मी महिलाहरुको छाता संगठन नारी संचारगृहले स्थापना गरेको अक्षयकोषमा सञ्चारकर्मी तथा नारी संचार गृहकी कार्यसमिति सदस्य शिला उप्रेती बोजुले सहयोग प्रदान गरेकी छिन् ।

सञ्चारकर्मी उप्रेती बोजुले आफनो जन्मदिनको अवसरमा संचार गृहलाई प्रहोत्सान स्वरुप सहयोग प्रदान गरेकी हुन् । उनले आज बिर्तामोड नगरपालिका वडा ५ स्थित आफनै निवासमा मावली हजुर आमा सावित्रा सिटौलाको हातबाट सञ्चार गृहकी अध्यक्ष भिमा शिवाकोटीलाई सहयोग रू पाँच हजार हस्तान्तरण गरेकी छिन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाई ,नारी संचार गृह झापाकी सचिव भूमिका फियाक सुब्बा,कोषाध्यक्ष ज्योस्ना श्रेष्ठ, निबर्तमान सह सचिव तथा बिर्ता लेडी जेसीस २०२१ कि अध्यक्ष स्वस्तिका आचार्य सिटौला,उपाध्यक्ष दिपा शिवाकोटी सहयोगदाता उप्रेतीकी साथी भाई ,आफन्तहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संचार गृहकी अध्यक्ष शिवाकोटीले सहयोगदाता उप्रेतीलाई जन्मदिनको शुभकामना साथै सहयोगका लागि धन्यवाद व्यक्त गरेकी थिईन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here