कर्मचारीलाई कोरोना : हल्दिवारी गाउँपालिकाको सेवा तीन दिन बन्द

१६ बैशाख २०७८, बिहीबार मा प्रकाशित

झापा, झापामा एक पछि अर्काे गर्दै कोरोना संक्रमण फैलिएको छ । पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न पालिकामा ५० जनामा कोरोना संक्रमण देखिएको हो । यसैक्रममा हल्दिवारी गाउँपालिकाले तीन दिनलाई सेवा स्थगन गरेको छ । कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सेवा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दहालले जानकारी दिए ।

गाउँपालिकाका १ जना कर्मचारीलाई कोरोना पुष्टि भएको दाहालले बताए । उनका अनुसार कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालय सहित अतिआवश्यक बाहेकका सेवा स्थगन गरिएको छ ।
यता बिर्तामोड नगरपालिकामा मात्रै १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

यसैगरी दमक नगरपालिकाका जनप्रतिनिधिसहित प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

विराटनगरमा गरिएको कोरोनाको स्वाव परीक्षणमा तिम्सिनाको रिपोर्ट पोजेटिभ देखिएको हो । उनी केही दिनअघि विराटनगरस्थित एक आफन्तको वैवाहिक कार्यक्रममा सहभागी भएका थिए ।
तिम्सिनाले कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएलगत्तै आफू होम आइसोलेसनमा बसेको बताएका छन् । वैवाहिक समारोह सकेर दमक आएपछि मंगलबार मात्रै दमकमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी बैठकमा उनी सहभागी भएका थिए ।
यसअघि बुधबार नै दमक २ का वडाध्यक्ष प्रजापति सापकोटालाई पनि कोरोना पुष्टि भएको थियो । सापकोटा विराटनगरमा अस्पताल भर्ना भएको बुझिएको छ ।
दमकमा ४५ सक्रिय संक्रमित
नगरपालिकाले विज्ञप्ति निकालेर दमकमा चैत २५ यता हालसम्म नयाँ भेरियन्टबाट ४९ जना संक्रमित भएको जनाएको छ । त्यसमध्ये एक बृद्धको ज्यान गएको र दुई जना निको भएको नगरपालिकाले जनाएको छ । तीमध्ये २२ महिला र २३ पुरुष गरी ४५ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here