आईसीयु कक्ष खोज्दा खोज्दै बिरामीको मृत्यु

२० बैशाख २०७८, सोमबार मा प्रकाशित

रामहरि श्रेष्ठ

ओखलढुंगा, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका ७ रावादोलु मातिईघर भई हल काठमाण्डौमा अस्थाई बसोबास गर्दै आएकी सोलुखुम्बुकी एक महिलाको अस्पतालमा आई सि यु कक्ष खोज्दा खोज्दै ज्यान भएको छ । आईतबार रोजगारीका लागी काठमान्डौंमा बस्दै आएकी ३२ वर्षीया गंगा गुरुङको अस्पतालमा आईसीयु कक्ष (सघन उपचार कक्ष)खोज्दा खोज्दै एम्बुलेन्स भित्रै ज्यान गएको हो ।
बिरामिका आफन्तका अनुसार टाईफाईडको समस्या देखिएर उपचार गराएका ति महिलामा स्वास्थ्य अवस्था थप जटिल बनेपछिआईसीयु कक्षमा भर्ना गर्नुगर्ने अवस्था थियो । तर अत्काल उपचार गराईरहेको जोरपाटि स्थित एक अस्पलतामा आईसीयु कक्ष नभएपछि आफन्तले अन्य अस्पतालमा समेत आईसीयु कक्षको खोजी गरेका थिए । तर उनीहरुले खोजी गरेका प्राय अस्पतालहरुमा आईसीयु बेडको अभाव थियो । बल्ल तल्ल चावहिल स्थित एक अस्पतालमा आई सि यु कक्ष खाली रहेको थाहा पाएर उक्त स्थानमा बिरामीलाई लैजादै गर्दा बीच बाटोमै बिरामीको ज्यान गएको बिरामीका अफन्तको भनाई उदृत गर्दै खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेद बहादुर रोकाले जानकारी दिए ।
हाल काठमाण्डौमा रहेका गाउँपालिका अध्यक्ष रोकाले अस्पतालको गेटमा बिरामीका आफन्तको रुवाबासी देखेपछि गएर हेर्दा बिरामीको मृत्यु भएको पाईएको बताए । समाजका जानकारहरुका अनुसार निम्न आर्थीक अवस्था भएका बिरामीका लागी अहिले अस्पतालहरुमा आई सी यु कक्ष पाउनै मुस्कील छ । त्यसैले कोरोना संक्रमणको बढ्दो अवस्थामा आफै सुरक्षीत रहनुबाहेक अन्य कुनै उपाय नरहेको जानकारहरुको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here