विमल दहाल,
इलाम,
इलाम जिल्लाका स्थानीय तहलाई करुणा फाउण्डेशन नेपाल इलाम कार्यालयले कोरोना भाईरस परिक्षण गर्ने एन्टीजिन किट उपलब्ध गराको छ । हाल अमेरिका बस्ने ईलाम –७ का समाजसेवी रोशन केसी, लोचन केसी र बचन केसीको आर्थिक सहयोग तथा करुणा फाउण्डेसन नेपाल इलामका कर्मचारीहरुबाट संकलित रकमबाट किट खरिद गरि बितरण गरिएको करुणा पाउण्डेसन नेपाल इलामका प्रमुख अजीत योञ्जनले जानकारी दिनुभयो । पाँच सय थान किट खरिद गरी ल्याईएकोमा माई नगरपालिका, फाकफोकथुम, माईजोगमाई, र माङ्सेबुङ्ग गाँउपालिकामा १ सय वटाका दरले तथा ईलाम नगरपालिका र सन्दकपुर गाँउपालिकालाई ५० वटाका दरले प्रदान गरिएको छ ।
यस अघि करुणाले १ हजार थान एन्टिजिन किट सहित स्वास्थ्य सामाग्री जिल्लामा प्रदान गरिसकिएको छ । वितरित किट जिल्ला अस्पतालमा ५ सय वटा, सुर्योदय नगरपालिकामा ३ सय वटा, चुलाचुली गाँउपालिकामा १ सय ४० बटा र रोङ गाँउपालिकामा १ सय ६० वटा प्रदान गरि सकिएको प्रमुख योञ्जनले बताँउनुभएको छ । सोमबार जिल्ला अस्पताल इलामलाई थप ३ थान १० लिटर क्षमताको अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिने बताँईएको छ ।
यसै बिच माईका मेयर दिपक कुमार थेबेले एन्टीजिन किट अभाब भएको समयमा करुणाले सहयोग गरेको भन्दै संस्थालाई धन्यबाद दिनुभएको छ । मेयर थेबेले माईमा कन्ट्रयाक टे«सिङ र समुदायमा रहेका बिरामी पहिचानका लागि नगरमा न्युन मात्र एन्टीजीन किट रहेको बताँउदै किटका लागि जिल्लामा समन्वय रहदै गरेको अबस्थामा करुण फाउण्डेसन नेपालले सय थान किट दिएकोमा धन्यबाद दिनु भयो । माईका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले सामाग्री बुझिलिदै यो सहयोगले समुदाय तहमा कोरोना भाईरस परिक्षण गर्न केही हद सम्म सहयोग भएकोे बजानकारी दिनुभयो ।































