सहाराद्वारा कृषकलाई सिंचाईका लागि मोटर खरिद गर्न रकम प्रदान

३० असार २०७८, बुधबार मा प्रकाशित

बिर्तामोड,

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड नगरपालिकाको साझेदारीमा कृषकलाई सिंचाईका लागि मोटर खरिद गर्न रकम प्रदान गरिएको छ । सहारा नेपालले बिर्तामोड–२ स्थित कार्यालयमा बुधवार एक समारोहको आयोजना गरी कृषकलाई सिचाईका लागि पानी तान्ने मोटर खरिद गर्न रकम हस्तान्तरण गरेको हो ।

सहारा नेपाल र नगरपालिकाबीच कृषकलाई सिंचाईका लागि मोटर खरिद गर्न रकम प्रदान गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार सहारा नेपालले बिर्तामोड नगरका ७५ जना कृषकलाई ४० हजारका दरले ३० लाख रुपैंयाँ प्रदान गरेको संस्थाका कार्यकारी निर्देशक महेन्द्र गिरीले जानकारी दिए । गिरीले कृषिको ब्यवसायिकीकरणका लागि सहाराले सहयोग गरेको बताए ।

नगरपालिकाले छनौट गरेका जना कृषकलाई पानी तान्ने मोटर खरिदका लागि रकम हस्तान्तरण गरिएको संस्थाका उप निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए । कृषिलाई ब्यवसायिक बनाउनका लागि सहारा नेपालले अघि सारेको अभियान अन्र्तगत सिंचाईका लागि मोटर खरिद गर्न सहयोग गरेको सहारा नेपालका कार्यबाहक अध्यक्ष हरिप्रसाद निरौलाले बताए । उनले सहारा नेपाल ब्यवसायिक मात्र नभएर सामाजिक संस्था भएको हुनाले सामाजिक उत्तरदायित्व अन्र्तगत सहयोग गरिएको बताए ।

बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले निजी, सहकारी र सरकारी क्षेत्र मिलेर मात्र समृद्धि हासिल गर्न सकिने बताए । सहारा नेपालका सदस्य शंकर रिजालले नगरका १० वटै वडाका अगुवा किसान छनौट गरेर मोटर खरिदका लागि सहयोग गरेको बताए । बिर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले नगरक्षेत्रमा ५ सय भन्दा बढी मोटरको माग भएकोमा यो बर्ष सहारा नेपालको सहयोगमा लगभग २०५ जनालाई मोटर प्रदान गर्न सकिएको जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका कार्यबाहक प्रमुख नगेन्द्र संग्रौलाले निर्वाहमुखी खेतीप्रणालीबाट माथि उठेर ब्यवसायिक कृषिमा लाग्नु अहिलेको आवश्यकता भएको बताए । उनले नगरपालिका र सहारा नेपालले गरेको यो सहयोग दुरुपयोग नगर्न कृषकसँग आग्रह समेत गरेका छन् । कार्यक्रमको सञ्चालन संस्थाका प्रवन्धक मुकुन्दसेन कार्कीले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. Bonus 24% bata jharea kati ma aayipugo 2077 ma aayipugda ? Shareholder ko benifit khai? 24% Bonus dine aba feri din aaula?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here