पाँचथर।

पानी पिउँदा सर्किएर आज (शनिबार) बिहान पाँचथरको फिदिम–४ निवासी चन्द्रकुमार तुम्बापोको ज्यान गएको छ ।
पानी सर्किदा नेपाल कम्युनिष्ट पार्टी एमाले फिदिम नगर कमिटीका सदस्य चन्द्रकुमार तुम्बापोको निधन भएको हो ।
खाना खाने क्रममा पानी पिउँदा सर्किएर तुम्बापो गम्भिर भएका थिए । उनलाई उपचारार्थ पाँचथर अस्पताल ल्याई पुर्याउँदा निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।






























