पिलरले लागेर बालकको मृत्यु

0
856

इलाम।

इलामको नगरपालिका–१ नेपालटारस्थित हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका–६ खरेलडाँडा घर भएका बचासदिप रिजालको छोरा ८ बर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढलेर लागेर मृत्यु भएको छ ।

पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागि बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढलेर किच्दा गम्भिर घाईते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्‍याउदा मृत्यु भई सकेको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here