बेलबारीबाट अवैध औषधी सहित तीन जना पक्राउ

0
851

मोरङ । 

मोरङको बेलबारी नगरपालिका–१० भाउन्ने चोक स्थित झापाली होटलबाट अवैध औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् ।

प्रहरी चौकी डागिहाटबाट खटिएको प्रहरी टोलीले झापाली होटलमा बसेका उनीहरुलाई चेकजाँच गर्दा प्रमाडोल क्याप्सुल ७०० पिस, स्पास्पेन गोटी ७०० पिस फेला पारेको थियो ।

पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय बेलबारीमा ल्याई थप अनुसन्धान भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here