अर्जुनधारामा ग्यास चुलोबाट आगो लाग्दा तीनजना घाइते

0
747

बिर्तामोड ।

झापाको अर्जुनधारमा ग्यास चुहिएर आग्लागि हुँदा एउटै घरका तीनजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अर्जुनधारा—७ स्थित पुष्पलाल मार्गमा शनिबार साँझ रोमनाथ खनालको एक तले इँटाको पर्खाल माथि टिनको छानो भएको घरमा आग्लागी भएको थियो ।

नयाँ एलपी ग्याँसको सिलिण्डर फेर्ने क्रममा ग्यास चुहिएर उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

आग्लागीमा परेर घरधनी ४२ वर्षीय रोमनाथ खनाल, उनकी श्रीमती ३८ वर्षीया दुर्गा खनाल र १८ वर्षका छोरा पंकज खनाल घाइते भएको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए।

सबैको शरीर जलेको र अवस्था मध्यम तथा सवै बोल्न सक्ने रहेको प्रहरीको भनाई छ । सवैलाई उपचारकालागि विराटनगर स्थित नोवल मोडिकल कलेज लगिएको प्रहरीको भनाइ छ ।

विर्तामोड नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी र स्थानीयको सहयोगमा साँझ साढे ७ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here